थोपा सिचाईको लागि सल्यानटारको सहकारीलाई पानी तान्ने मेसिन हस्तान्तरण

धादिङ,१५ मंसिर
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ मा रहेको हामी सबैको कृषि तथा बहुउदेश्यीय संस्थालाई कृषि उपकरण हस्तान्तरण गरिएको छ।शुक्रबार गंगाजमुना गाउँपालिका वडा नं–७ निबासी कृष्ण अधिकारीको पहलमा कृषि उपकरण हस्तान्तरण गरिएको हो । अधिकारीको पहलमा कोशती ट्रेडिङ्ग कन्सर्न प्रा.लि मार्फत सौर्य शक्ति बाट १ लाख २० हजार बराबर रकमको पानी पम्प गर्ने मोटर र थोपा सिंचाईको लागी आवश्यक पर्ने च्यानल औजार सहकारी संस्थाका उपाध्यक्ष जनक श्रेष्ठललाई हस्तान्तरण गर्नुभएको हो।
कृषि उत्पादन र उत्पादकत्व वृद्वि गर्नको लागि सहकारीलाई उपकरण सहयोग गरीएको अधिकारीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो । त्यसैगरी उपकरण बुझ्दै सहकारीका उपाध्यक्ष श्रेष्ठले आगामी दिन पनि सहकारीलाई निरन्तर सहयोग गर्नको लागि आग्रह गर्दै धन्यवाद व्यक्त गर्नुभयो थियो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २, बिहीबार १८:२६अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको मनोबल उच्च हुनुपर्छ: गभर्नर पौडेल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २, बिहीबार १८:१६चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक
समाचार२०८२ आश्विन २, बिहीबार १८:१५नीलकण्ठ नगरपालिकाको गत आर्थिक बर्षको बार्षिक समिक्षा सम्पन्न
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २, बिहीबार १३:१२‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ र विजयको घम्साघम्सी