हिजो मुम्बईविरुद्ध राजस्थान विजयी, आज दिल्ली र गुजरात भिड्दै « रिपोर्टर्स नेपाल

काठमाडौं, चैत २५ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई २७ रनले पराजित गरेको छ । गएराति गुवाहाटीमा भएको खेलमा टस जितेर मुम्बईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको राजस्थानले ११ ओभरमा ३ विकेट गुमाएर १५० रन बनायो । राजस्थानका ओपनर यशस्वी जैसवालले उत्कृष्ट प्रदर्शन गर्दै ३२ बलमा १० चौका र ४ छक्कासहित ७७ रन बनाए ।
मुम्बईका बलर अल्लाह गजनफरले २ विकेट लिए । १५१ रनको लक्ष्य पछ्याएको मुम्बईको शुरुवात राम्रो हुन सकेन । पावर प्लेभित्रै ३ विकेट गुमाएको मुम्बई ११ ओभरमा ९ विकेट गुमाएर १२३ रनमा सीमित भयो । मुम्बईका लागि शेर्फेन रदरफोर्ड र नमन धिरले समान २५ रन बनाए ।
राजस्थानका बलर सन्दीप शर्मा, नान्द्रे बर्गर र रवि बिश्नोईले समान २ विकेट लिए । राजस्थानले लगातार तेस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले भने तेस्रो खेलमा लगातार दोस्रो हार बेहोरेको छ । आईपीएलमा आजको खेल दिल्ली क्यापिटल्स र गुजरात टाईटन्सबीच नेपाली समयानुसार दिल्लीमा बेलुकी पौने ८ बजे सुरु हुनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १५, मंगलवार २०:५२५ वर्षको प्रतीक्षापछि ‘एक मुठ्ठी बादल’मा अविरलको डेब्यु
समाचार२०८३ बैशाख १५, मंगलवार १३:५५व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १५, मंगलवार ११:१५आन्दोलनमा जलेको गाडिहरुको नाममा कर्मचारीले ‘इन्धन’ लिएपछि…
खेलकुद२०८३ बैशाख १५, मंगलवार ०७:२९दिल्लीलाई आरसीबीले ९ विकेटले हरायो, आज पञ्जाव र राजस्थान भिड्दै








