दसौं पीएम कप :न्यु डायमण्डकाे लगातार तेस्रो जित

दसौं पीएम कप :न्यु डायमण्डकाे लगातार तेस्रो जित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबको महिला टोलीले दसौं पीएम कप-एनभीए महिला तथा पुरुष भलिबल लिगमा लगातार दोस्रो हार व्यहोरेको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न आईतबारको दोस्रो खेलमा आर्मीले न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबसँग ३-० को सोझो सेटमा हार व्यहोरेको हो।

आर्मी न्यु डायमण्डसँग क्रमश: २५-१८, २५-१६ र २५-१९ को सेटमा पराजित भयो । पहिलो खेलमा अर्का विभागीय टोली एपीएफसँग ३-१ को सेटमा पराजित भएको आर्मी दोस्रो खेलमा पनि पराजित भएपछि अंक विहीन छ।

यता, न्यु डायमण्डले भने लगातार तेस्रो खेल जितेको हो । उसले पहिलो खेलमा सुदूरपश्चिम प्रदेश भलिबल क्लब र दोस्रोमा तीन भारतीय खेलाडी समावेश एभरेष्ट भलिबल क्लबलाई हराएको थियो ।

नेपाल भलिबल संघको आयोजना बैशाख १९ गतेसम्म चल्ने लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ । नेपाली भलिबल इतिहासमा हालसम्मकै सर्वाधिक पुरस्कार राशी रहेको यस प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फका विजेताले १० लाख रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

उत्कृष्ट खेलाडीलाई ६० हजार रुपैयाँ प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ पुरस्कार दिइने व्यवस्था गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   10   =  

Protected by Spam Master