आर्सनल २२ वर्षपछि प्रिमियर लिग च्याम्पियन

काठमाडौं, जेठ ६ । आर्सनलले २२ वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटी बर्नामाउथसँग १-१ गोलको बराबरीमा रोकिएसँगै आर्सनलले अन्तिम खेल अगावै उपाधि जितेको हो ।
भिटालिटी स्टेडियममा भएको खेलमा बर्नामाउथको लागि जुनियर क्रौपी र म्यानचेस्टर सिटीको लागि इर्लिङ ब्राउट हालान्डले समान एक/एक गोल गरे । खेलको ३९ औँ मिनेटमा क्रौपीले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा हालान्डले गोल गर्दै सिटीको हार टारेपनि उपाधि दौडबाट बाहिरिएको हो ।
बराबरीसँगै सिटी ३७ खेलबाट ७८ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट ५६ अंक जोडेको बर्नामाउथ छैटौँ स्थानमा रहेको छ । आर्सनल ३७ खेलबाट ८२ अंकसहित शीर्ष स्थानमा रहेको छ । अन्तिम खेलमा आर्सनल पराजित भएर सिटीले जित निकालेपनि सिटीको ८१ अंक हुनेछ । जुन आर्सनल भन्दा एक अंक कम रहनेछ ।
आर्सनलले यसअघि २००३/०४ सिजनमा प्रिमियर लिगको उपाधि जितेको थियो । यससँगै आर्सनलले समाग्रमा चौथोपटक लिगको उपाधि जितेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
खेलकुद२०८३ जेष्ठ ७, बिहीबार ०९:४७कोलकाताले मुम्बईलाई हरायो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ७, बिहीबार ०९:०८आमाको जन्मदिनमा सुमनको अनुपम उपहार








