तालिबानले अफगानिस्तानका प्रमुख तीन शहर नियन्त्रणमा लिने प्रयास,भिडन्त जारी

तालिबानले अफगानिस्तानका प्रमुख तीन शहर नियन्त्रणमा लिने प्रयास,भिडन्त जारी
Share this

असल खबर – अफगानिस्तान सैनिकको कब्जामा रहेका प्रमुख तीन शहर तालिबान समूहले लिन खोजेपछि दुईपक्षीय भिडन्त भएको छ ।
अफगानिस्तानको पश्चिम तथा दक्षिण क्षेत्रमा रहेको हेरात, लस्करगाहा र कान्दाहारमा तालिबानले कब्जामा लिने प्रयास खोजेपछि भिडन्त भएको हो ।
आउदो सेप्टेम्बर सम्ममा अफगानिस्तानबाट सबै विदेशी सेना बाहिरिने घोषणा भएसँगै तालिबान समूहले आक्रमणलाइ तिब्र बनाएको छ । तालिबानले ग्रामिण क्षेत्रहरुमा कब्जा जमाउँदै गएको छ । तर प्रमुख शहरहरु भने अफगान सेनाकै नियन्त्रणमा रहेका छन् ।
दुईपक्षीय बीच भिडन्तका कारण अफगानिस्तानमा गम्भीर मानवीय संकट आउनसक्ने चिन्ता व्यक्त गरिएको छ ।
अमेरिकाको एक संस्था साइगरले अफगानिस्तानको अहिलेको अवस्थामा सुधार नभए सरकारको अस्तित्व संकटमा पर्न सक्ने रिपोर्ट सार्वजनिक गरेको थियो ।

 

अन्तिम अपडेट: 2021-August-01 समय 8:33 AM

17 पटक पढिएको
Share this