यसपटक हल खुलाउन हामी पहल गर्दैनौ,अशोक शर्मा

यसपटक हल खुलाउन हामी पहल गर्दैनौ,अशोक शर्मा
Share this

असल खबर – नेपाल सरकारले हल खुलाउन वास्ता नगर्दा पहिलो चरणको लकडाउनपछि प्रदर्शकहरुले आफै हल खुलाएका थिए । त्यस्तै हल संचालकहरुको छाता संगठन नेपाल चलचित्र संघले गतबर्षको पौष १० गतेबाट एकतर्फी रुपमा हल खुलाएको थियो । एकतर्फी रुपमा हल खुलेको १६ दिनपछि सरकारले हल खुलाउने निर्णय गरेको थियो ।

तर, यो वर्षा भने चलचित्र संघले हल खुलाउन पहल नगर्ने बताएको छ । संघका महासचिव अशोक शर्माले बताउनु भयो ‘यसपटक हल खुलाउनेतर्फ हामी पहल गर्दैनौं । बरु, सरकारसँग नीतिगत माग हाम्रो हुनेछ ।’
चलचित्र संघले सरकारसँग निरन्तर रुपमा विभिन्न माग राखिरहेको छ । यही कुरालाई अगाडि बढाउने तयारीमा संघ छ ।
यो बर्ष वैशाखको दोश्रो साताबाट हलहरु बन्द भएका थिए । हल बन्द भएको ३ महिना पुगिसकेको छ । सरकारले आफ्नै तरिकाले हल खुलाउने बिषयमा सम्बोधन गर्ला उहाले बताउनु भयो । तर, हामी यसपटक एकतर्फी रुपमा हल खुलाउने, हल खुलाउन ताकेता गर्ने काम गर्दैनौं ।हल खुलेपनि चलचित्र नभएको, चलचित्र चलाउन निर्माता तत्काल उत्साहित हुने संभावना नरहेको, तेश्रो लहरको जोखिमको बिषयमा पनि स्वास्थ्यकर्मीले सचेत गराएको आदि कारणले हल तत्काल खोलेर पनि औचित्य नहुने वुझाई संघको छ ।

अन्तिम अपडेट: 2021-August-01 समय 1:00 PM

10 पटक पढिएको
Share this