खिल बहादुर गुरुङको चलचित्र ‘रिमै’ मा दयाहाङ र रिस्माको जोडी पक्का

खिल बहादुर गुरुङको चलचित्र ‘रिमै’ मा दयाहाङ र रिस्माको जोडी पक्का

काठमाडौँ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशक खिल बहादुर गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘रिमै’को औपचारिक घोषणा गरिएको छ। ‘कबड्डी’ सिरिजको पहिलो भागमा काजीकी सपनाकी रानी ‘मैंया’ बनेकी अभिनेत्री रिस्मा गुरुङ्ग पुनः अभिनेता दयाहाङ राईसँग चलचित्रमा देखिने छिन्। गोरखा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘रिमै’ मा दया र रिस्माका अलावा विरबल घले प्रमूख भूमिकामा देखिनेछन्।

चलचित्रको कार्यकारी निर्मातामा टिका गुरुङ्ग(युके), प्रकाश गुरुङ (युके), जित यात्री गुरुङ (नर्वे) तथा सचि कुमारी घले रहेका छन्। दुन बहादुर घले, हेमा गुरुङ तथा विजय लामा चलचित्रमा सह-निर्माताका रुपमा रहनेछन्।

चलचित्रको हाल प्रिप्रोडक्सन चलिरहेको छ भने निर्माणपक्षले थप जानकारी केही समयपछि दिने जनाएको छ। ‘रिमै’को चैत्रमा फ्लोरमा जाने गरी तयारी भइरहेको छ। चलचित्र २०८१ सालको तीजमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ। चलचित्रलाई बितरण आरआर फिल्मस्ले गर्दैछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   8   =