‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक, विवाह र सम्बन्धको जटिल कथा प्रस्तुत

काठमाडौं । आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘एक मुठ्ठी बादल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
करिब २ मिनेट लामो ट्रेलरमा निर्देशक सहारा शर्माले विवाह र पारिवारिक सम्बन्धभित्रका जटिलता, बुझाइ र दृष्टिकोणलाई सरल तर प्रभावकारी रूपमा प्रस्तुत गरेकी छन् । ट्रेलरमा मुख्य पात्र आँचल विवाहप्रति खुसी नभएको देखिन्छ भने परिवारले विवाहलाई सामाजिक प्रतिष्ठासँग जोडेर हेरेको छ । यसबीच आउने सम्बन्धका उतारचढावले कथा रोचक बनेको छ ।
फिल्ममा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारीलगायत कलाकारको अभिनय रहेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा करिब तीन दशकपछि यसै फिल्ममार्फत अभिनयमा फर्किएकी हुन् ।
गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा अभिमन्यु दीक्षित निर्माता र निकुन श्रेष्ठ कार्यकारी निर्माता छन् । निर्माण टोलीमा जर्मनीका सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि संलग्न छन् ।
फिल्मको छायांकन भियतनामकी लिन्ह डान गुयेन फानले गरेकी हुन् भने सम्पादन भारतकी दीपा भाटियाले गरेकी छन् । थाइल्यान्डको ह्वाइट लाइटले फिल्मको कलर ग्रेडिङ गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार २२:१३‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक, विवाह र सम्बन्धको जटिल कथा प्रस्तुत
समाचार२०८३ बैशाख १३, आईतवार १७:०३वास्तविक सुकुम्बासीलाई अर्को व्यवस्था नभएसम्म होटलमा बस्ने ब्यवस्था
खेलकुद२०८३ बैशाख १३, आईतवार १६:३०दसौं पीएम कप :न्यु डायमण्डकाे लगातार तेस्रो जित
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार १०:३०सौगात,दयाहाङ र रुषाको नृत्य रहेको ‘मितज्यू’ को गीत सार्वजनिक








