परीक्षाको विकल्प नदिँदा विद्यार्थीमा दुबिधा,जिम्मेवार बन्नुपर्नेमा विद्यालय र सरकार शिक्षाविद्को जोड

परीक्षाको विकल्प नदिँदा विद्यार्थीमा दुबिधा,जिम्मेवार बन्नुपर्नेमा विद्यालय र सरकार शिक्षाविद्को जोड
Share this

असल खबर – राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गरे पनि विकल्प नदिएपछि विद्यार्थीमा दुबिधा बढेको छ । विकल्प नदिएपछि करिब ४ लाख विद्यार्थी दुबिधामा परेका छन् ।बोर्डले हिजो कक्षा १२ को परीक्षा स्थगित गरी १५ दिन अगाडि परीक्षाको सूचना निकाल्ने जनाएको छ । परीक्षा स्थगित हुनुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी विकल्पसहित आवश्यक निर्णय गर्ने बताउनुभएको थियो । तर विकल्प नदिएर परीक्षा स्थगित गर्दा अलमल भएको विद्यार्थी र अभिभावकले गुनासो गरेका छन् ।
विद्यार्थीलाई विकल्प दिनुपर्नेमा शिक्षाविद्को पनि जोड छ । शिक्षाविद् विद्यानाथ कोइरालाले विद्यार्थीलाई अलमलमा राख्न नहुने र त्यसका लागि विद्यालय र सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले जेठमा हुनुपर्ने परीक्षा दुई महिना ढिला भइसकेको अवस्थामा अब विकल्प दिन ढिला गर्न नहुने बताउनुभयो ।
कक्षा १२ को परीक्षा आउँदो साउन ३१ गतेदेखि सुरु गर्नेगरी यसअघि तालिका सार्वजनिक भएको थियो । गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा पनि बोर्डले कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित गरेको थियो ।

अन्तिम अपडेट: 2021-August-08 समय 8:41 AM

76 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media