नेपाल सुपर लिग: इलामलाई हराउँदै शीर्ष स्थानमा उक्लियो पोखरा थन्डर्स

काठमाडौँ- स्पोर्टिङ इलाम एफसीलाई १–० ले पराजित गर्दै पोखरा थन्डर्स नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजन अन्तर्गत अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा पोखराको जितमा सञ्जिव विष्टले निर्णायक गोल गर्नु भयो । पहिलो हाफ गोलरहितमा समाप्त भएको थियो । सञ्जिवले दोस्रो हाफको दुई मिनेट भित्रै पोखरालाई अग्रतामा राखेका थिए ।इलामको यो लगातार दोस्रो हार हो ।
यसअघिको खेलमा इलाम बुटवल लुम्बिनी एफसीसँग २–१ को पराजय ब्यहोरेको थियो । त्यसअघि उद्धघाटन खेलमा काठमाडौं रेजर्ससँग १–० ले हारेको इलामले दोस्रो खेलमा एफसी झापामाथि १–० को जित हासिल गरेको थियो ।
आजको नतिजापछि इलाम ३ अंक जोड्दै सातौं स्थानमा झरेको छ । पोखराले चार खेलबाट आठ अंक जोडेको छ । यसअघि एफसी चितवनलाई १-० ले पराजित गरेको पोखरा ललितपुर सिटी एफसीसँग गोलरहित र झापा एफसीसँग १-१ को बराबरीमा रोकिएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र ११, बुधबार ०९:३०कीर्तिपुरमा ६८ काग मृत फेला, बर्डफ्लु संक्रमण पुष्टि
समाचार२०८२ चैत्र १०, मंगलवार २०:१२नविनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले भोलि शपथ लिने
समाचार२०८२ चैत्र १०, मंगलवार १७:१२गण्डकी भित्तेपात्रो–२०८३ विमोचन तथा नववर्ष २०८३ को शुभकामना आदानप्रदान सम्पन्न
समाचार२०८२ चैत्र १०, मंगलवार १६:५०कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव








