दशरथ रंगशालामा भागदौड हुँदा ७१ दर्शकले गुमाएका थिए ज्यान, खेलकुदमन्त्रीले दिएका थिए राजा वीरेन्द्रसामु राजीनामा « रिपोर्टर्स नेपाल

काठमाडौं, फागुन २९ । २०४४ साल फागुन २९ गते अर्थात ३८ वर्षअघि आजकै दिन दशरथ रंगशालामा भागदौडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाएका थिए। करिब ३० हजार दर्शक क्षमता भएको दशरथ रंगशालामा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धा त्रिभुवन च्यालेन्ज शिल्ड उपाधीका लागि आमने सामने हुँदै थिए ।
फाइनल खेल हेर्न बुटवल, जनकपुर, वीरगञ्ज लगायतका स्थानबाट समेत दर्शकहरू राष्ट्रिय रंगशाला ओइरिएका थिए । फुटबलप्रेमीको समुह टिकट बोकेर दक्षिणी गेटबाट रंगशाला प्रवेश गर्न रस्साकस्सी गर्दै थिए। गेटमा तैनाथ सुरक्षाकर्मी तथा फुटबल संघका पदाधिकारीसँग टिकट जँचाउँदै दर्शकलाई भित्र पठाउँदै थिए।
दिउँसो २ः३० बाट सुरू भएको खेलमा बंगलादेशी टोलीले सुरूवाती अग्रता लियो । खेलको १९ औं मिनेट चलिरहँदा हावाहुरी यति जोडले चल्न थाल्यो कि सैनिक मुख्यालय तर्फका ठुलठुला रूखका हाँगा रंगशालामा खस्न थाले । दर्शक दीर्घामा हावाहुरीबाट ज्यान जोगाउन भागदौड सुरू भयो । रंगशाला प्रवेशका ढोकाहरू ताल्चा लगाइएको कारण समयमै दर्शकहरू बाहिरिन पाएनन् र किच्चिएर र च्याप्पिएर कम्तीमा ७० जना फुटबल फ्यानले ज्यान गुमाउन पर्यो भने कैयन समर्थकहरू घाइते भएका थिए ।
करिब ५ मिनेटपछि हावाहुरीको बबण्डर रोकिएपछि प्रहरी सुरक्षा घेराबीच बंगाली खेलाडीलाई होटलतर्फ लगिएको थियो ।जनकपुर चुरोट कारखानाका खेलाडी भोटेबहालस्थित होटल पुगेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रोकिएको खेल पछि हुने घोषणा गरेको थियो । तर, त्यो दुर्घटनापछि खेल हुन सकेन। तीन दिनपछि बंगलादेशी टोली पनि घर फर्किएको थियो ।
तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्टले घटनाको चौथो दिन नैतिकताको आधार देखाउँदै राजा वीरेन्द्रसामु राजीनामा बुझाएका थिए । उक्त भयानक घटनापछि दशरथ रंगशालामा फुटबल खेल हुँदा अप्ठेरो अवस्था आइपरे दर्शकहरू सहज रूपमा नै बाहिरिन सकुन् भनेर खेलको दोश्रो हाफबाट नै प्रवेशद्धारहरू खुल्ला राख्न थालिएको थियो । दशरथ रंगशालामा घटेको उक्त दैवी प्रकोपलाई विश्व खेल इतिहासको ठूलो दुर्भाग्यपूर्ण क्षण मानिन्छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित








