भक्तपुरमा पहिलो पटक ‘भक्तपुर फिल्म फेस्टिभल’ आयोजना हुँदै

भक्तपुरमा पहिलो पटक ‘भक्तपुर फिल्म फेस्टिभल’ आयोजना हुँदै

भक्तपुर। आगामी चैत ६ र ७ गते भक्तपुरमा पहिलो पटक ‘भक्तपुर फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ। भक्तपुरका युवा फिल्मकर्मीहरूको समूहले संयुक्त रूपमा यो महोत्सव आयोजना गर्न लागेको हो।

युवा फिल्मकर्मी किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्की लगायतको टोलीले महोत्सवको आयोजना गर्न लागेको जानकारी दिइएको छ। भक्तपुरको कला, संस्कृति र साहित्यलाई प्रवर्द्धन गर्दै नयाँ फिल्मकर्मीलाई प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव निर्देशक किरण किलम्बुले बताए।

उनका अनुसार भक्तपुरको सांस्कृतिक पहिचान र सिर्जनात्मक सम्भावनालाई अघि बढाउने लक्ष्यसहित यो महोत्सव सुरु गर्न लागिएको हो। “भक्तपुर हाम्रो जन्मथलो पनि हो। यहाँको कला, संस्कृति र सिर्जनालाई थप प्रोत्साहन गर्ने उद्देश्यले हामीले पहिलो पटक यो महोत्सव आयोजना गर्न लागेका हौं,” किलम्बुले भने। किलम्बुले ‘कबड्डी ४’, ‘फूलबारी’, ‘दिमाग खराब’, ‘फेरि रेशम फिलिली’ र ‘डिग्री माइला’ लगायतका चलचित्रमा काम गरिसकेका छन्।

महोत्सव संयोजक स्मित गिरीका अनुसार स्वतन्त्र (इन्डी) फिल्म निर्माणमा सक्रिय फिल्मकर्मीका सिर्जनालाई दर्शकमाझ पुर्‍याउने उद्देश्यले पनि यो महोत्सव सुरु गरिएको हो। “स्वतन्त्र रूपमा फिल्म बनाइरहेका फिल्मकर्मीलाई एउटा प्लेटफर्म उपलब्ध गराउनु र सिनेमा लिट्रेसी बढाउनु हाम्रो प्रमुख लक्ष्य हो,” उनले बताए। एभरेष्ट एकेडेमीमा फिल्म अध्ययन गरेका सफल वैद्य पनि महोत्सवका सह–संयोजक रहेका छन्।

दुई दिने महोत्सवमा २४ वटा फिल्म प्रदर्शन गरिनेछ। निर्देशक नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ प्रदर्शनसँगै महोत्सवको उद्घाटन हुनेछ। त्यस्तै सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’, अंकित पौडेलको ‘सङ्ग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनदर विन्टर’ तथा राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’ लगायतका फिल्महरू पनि महोत्सवमा देखाइनेछन्।

समापन सत्रमा सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ प्रदर्शन गरिनेछ। साथै नेवार संस्कृति समेटिएका ‘किजा पूजा’ र ‘नेवा बुद्धिजम इन नेपाल’ शीर्षकका फिल्महरू पनि महोत्सवमा प्रस्तुत गरिनेछन्।

महोत्सवको अवसरमा फिल्मकर्मी केशव पाण्डेले कथा लेखनसम्बन्धी कार्यशाला सञ्चालन गर्नेछन्। महोत्सव सुरु हुनुअघि फागुन ३० गते रुशेल शिल्पकारसँगको सहकार्यमा भक्तपुरमा ‘हेरिटेज वाक’ कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ।

‘भक्तपुर फिल्म फेस्टिभल’ भक्तपुरको कमलविनायकस्थित नेपाल भोकेसनल एकेडेमीमा आयोजना हुने छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   1   =  

Protected by Spam Master