नेपाल पत्रकार महासंघका कास्कीको महिला संवाद कार्यक्रम सम्पन्न

पोखरा।
नेपाल पत्रकार महासंघको आयोजना र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा महिला संवाद कार्यक्रम सम्पन्न भएको छ ।
“महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मुल नाराका साथ मनाइएको ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा आफ्नो प्रस्तुतिकरण राख्दै कोपिला नेपालका कार्यकारी निर्देशक विना शिलवालले अबको युगमा छोरीलाई संरक्षण सहितको होइन प्रगतिशील मायाको आवश्यक रहेको बताए ।
महिलालाई समान अधिकार र पहुचका लागि वंशिय र अंशिय अधिकारका लागि बनेका नीति नियमलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिनु पर्ने दिए ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङले कानुनमा नै महिलाको अधिकार र सहभागिता सुनिश्चत भई सकेको अवस्थामा अव महिलालाई कानुनको बारेमा शिक्षा र आर्थिक रुपमा माथि उठ्न आवश्यक रहेको बताए ।
उनले महानगरपालिकाले न्यायमा पहुँच वढाउन महिला पुरुष समसचेतना कार्यक्रम सहित आर्थिक शशिक्तकरणका लागि उपप्रमुख संग महिला कार्यक्रम संचालन गरेको बताए ।
गण्डकी प्रदेशका प्रेस राजिष्टार बिमला भण्डारीले हरेक क्षेत्रका महिलाको आन्दोलनले नै महिलालाई अधिकार दिलाएको बताउदै आवाज उठाउन छोड्न नहुने बताए ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख नितु गर्र्तौलाले महिलाहरुले आफ्नो शिक्षित र संक्षम बनाउदै लागे अर्थपुर्ण सहभागिता सुनिश्चित हुदै जाने बताए ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले महिला महिला विचको एकता र उद्यमशिलताको विकासलेनै महिलाका हक र अधिकार प्राप्त हुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा, टेवान गण्डकीका अध्यक्ष शोभा पाण्डे, गैह्र सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल, इन्सेक गण्डकीका संयोजक गणेश भण्डारी लगाएतले आफ्नो धारण राखे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र संचालन महिला उपाध्यक्ष एवम् कार्यक्रम संयोजक कञ्चन थापाले गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21036, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २९, शुक्रबार ०६:२६नेपाल पत्रकार महासंघका कास्कीको महिला संवाद कार्यक्रम सम्पन्न
समाचार२०८२ फाल्गुन २८, बिहीबार १७:००हृदयघातका कारण एमाले नेता कृष्ण थापाको निधन
समाचार२०८२ फाल्गुन २८, बिहीबार १३:३०प्रधानमन्त्री कप छनोट प्रतियोगिताले गण्डकीका प्रतिभाशाली क्रिकेटरलाई राष्ट्रिय स्तरमा पु¥याउने : मन्त्री थापा
समाचार२०८२ फाल्गुन २७, बुधबार १२:०५धरानको अटल ग्यारेजमा भीषण आगलागी, ६ बस प्रभावित





