Breaking News

चलचित्र ‘गोर्खा वारियर’का निर्माता सुमन राईद्वारा भूकम्पपीडितलाई सहयोग

काठमाडौँ। चलचित्र निर्माता सुमन राई भूकम्पपीडितको सेवामा खटिएका छन् । बढ्दै गएको चिसोले जाजरकोट क्षेत्रका बालबालिका, सुत्केरी, वृद्ध वृद्धा मारमा परेका र केहीको मृत्यु भएको खबर सार्वजनिक भएसँगै भूकम्प पीडितलाई सहयोग गर्न राई जाजरकोट पुगेका हुन् ।

अनुग्रह फाउन्डेसनका संस्थापक अध्यक्ष तथा चलचित्र ‘गोर्खा वारियर’का निर्माता समेत रहेका राईले जाजरकोट भूकम्पपीडित ५५ परिवारलाई टेण्ट सामग्री र नगद प्रदान गरेका छन् ।

समाजसेवा गर्न रुचाउने राई स्वयं आफै उपस्थित भई जाजरकोट, नलगाड़ नगरपालिका ४ र ५ र बारेकोट गा बि स ९, सक्ला पुगेका थिए । उनले भूकम्पको मारमा परेका पीडित जाजरकोट बासीलाई सहयोग गर्न पाउँदा खुसी मिलेको प्रतिक्रिया दिएका छन् । गत १७ कात्तिकमा जाजरकोलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति भएको छ ।

About असल खबर

Check Also

‘खजुरे ब्रो’को प्रोमोसनल भिडियो ‘मनि मनि’ सार्वजनिक, पैसा उडाउँदै नीति

काठमाडौं। आगामी वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खजुरे ब्रो’को प्रोमोसनल गीत रिलिज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *