एकीकृत घुम्ती शिविरबाट चार सयबढी लाभान्वित

खोटाङ, पुस १० । दिक्तेलको रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमा चार सय ७७ जना स्थानीय लाभान्वित भएका छन् ।
नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाजले आयोजना गरेको शिविरमा ९५ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र, ४० जनालाई नागरिकता प्रदान गर्न सिफारि, ४२ जनाको मिर्गौला परीक्षण, ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण, ४९ वटा कुकुरलाई रेबिज भ्याक्सिन, सात जना कृषकको माटो परीक्षण तथा दुई सय ३३ जना कृषकलाई पशुचौपायका लागि आवश्यक पर्ने औषधि वितरण गरिएको हो ।
अब नागरिकलाई स्थानीय सरकारको महसुस गराउनेगरी नगरपालिकाका १५ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ । खार्मीमा आयोजना गरिएको एकीकृत घुम्ती शिविरको अवधि थोरै भएकाले सबैले सेवा लिन नपाएकाले सबै वडामा शिविर सञ्चालन हुन लागेको हो । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक १, शुक्रबार १५:००एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक १, शुक्रबार १०:४१एक सय जनामा क्षयरोग सङ्क्रमण « रिपोर्टर्स नेपाल
समाचार२०८२ कार्तिक १, शुक्रबार ०८:४४गंगाजमुना गाउँपालिका वडा नम्बर ३ मा ७५७ जनालाई राष्ट्रिय परिचयपत्र वितरण
खेलकुद२०८२ कार्तिक १, शुक्रबार ०७:५८अपराजित नेपाल उपाधि नजिक, आज सामोआसँग खेल्दै