Home समाचार एकीकृत घुम्ती शिविरबाट चार सयबढी लाभान्वित

एकीकृत घुम्ती शिविरबाट चार सयबढी लाभान्वित

6
0

खोटाङ, पुस १० । दिक्तेलको रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमा चार सय ७७ जना स्थानीय लाभान्वित भएका छन् ।

नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाजले आयोजना गरेको शिविरमा ९५ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र, ४० जनालाई नागरिकता प्रदान गर्न सिफारि, ४२ जनाको मिर्गौला परीक्षण, ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण, ४९ वटा कुकुरलाई रेबिज भ्याक्सिन, सात जना कृषकको माटो परीक्षण तथा दुई सय ३३ जना कृषकलाई पशुचौपायका लागि आवश्यक पर्ने औषधि वितरण गरिएको हो ।

अब नागरिकलाई स्थानीय सरकारको महसुस गराउनेगरी नगरपालिकाका १५ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ । खार्मीमा आयोजना गरिएको एकीकृत घुम्ती शिविरको अवधि थोरै भएकाले सबैले सेवा लिन नपाएकाले सबै वडामा शिविर सञ्चालन हुन लागेको हो । रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन
Previous articleशिभिल बचत तथा ऋण सहकारी संस्थामा पुन: कोईराला 
Next articleसरकारको एक वर्ष: नीति तथा कानुन निर्माणमा सञ्चार मन्त्रालय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here