‘कार्की साइँला’को प्रदर्शन मिति परिवर्तन, असोज २ गतेदेखि प्रदर्शनमा आउने

सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्यलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ।
काठमाडौँ । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को प्रदर्शन मिति हेरफेर गरिएको छ। निर्माण पक्षले बुधबार चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गते लाई प्रदर्शन मिति तय गरेको हो।
यसअघि चलचित्रलाई साउन १ गतेबाट प्रदर्शन गर्ने तयारी गरिएको थियो। तर, वितरकसँगको आपसी छलफल र बजार अवस्थाको मूल्याङ्कनपछि प्रदर्शन मिति सार्ने निर्णय गरिएको निर्माण पक्षले जनाएको छ।
सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्यलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। पोस्टरमा देखिएको प्रेमिल भावले चलचित्रमा प्रेमकथाको महत्वपूर्ण आयाम रहेको संकेत गर्छ।
शीर्षकबाटै अनुमान गर्न सकिने ‘कार्की साइँला’ एक भरियाको जीवन, संघर्ष र यात्रामा केन्द्रित चलचित्र हो। चलचित्रको छायाङ्कन पूर्वी नेपालका रमणीय क्षेत्र धनकुटा, बराहक्षेत्र, चतरा तथा आसपासका स्थानहरूमा गरिएको छ।
राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भएको यस चलचित्रमा जितु नेपाल र प्रियना आचार्यसँगै सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेका छन्। चलचित्रका कार्यकारी निर्माता अनन्त राई हुन्।
सबिन अधिकारी र शङ्कर धितालको लेखन रहेको चलचित्रमा रोजल थापा मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। डम्बर राईको छायाङ्कन, किरण दाहालको द्वन्द्व निर्देशन, दिप्सन लिम्बुको संगीत तथा सिबी भण्डारीको प्रोडक्सन व्यवस्थापन रहेको चलचित्रले नेपाली समाजको एक प्रतिनिधि पात्रको जीवनकथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ११, आईतवार १६:२८चार भाषामा सार्वजनिक भयो ‘प्रतिवैरम्’ को गीत ‘माहोल गरम’
समाचार२०८३ आश्विन ११, आईतवार १५:२५लालबकैया नदीको कटान तीव्र,जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी
समाचार२०८३ आश्विन ११, आईतवार १५:१६कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह









