ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया « रिपोर्टर्स नेपाल

दमौली (तनहुँ), १० असार । व्यास नगरपालिकाका १३ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ ।
मोतियाबिन्दु रोगका कारण समस्यामा परेका १३ जना ज्येष्ठ नागरिकको आँखाको मङ्गलबार हिमालय आँखा अस्पताल, घारीपाटन पोखरामा शल्याक्रिया गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
शल्यक्रियापछि ज्येष्ठ नागरिकले पुनःस्पष्ट रूपमा देख्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले उपचारका लागि आवश्यक समन्वय, व्यवस्थापन तथा सहयोग गरेकामा व्यास नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् ।
स्वास्थ्य शाखा प्रमुख सोतीले ज्येष्ठ नागरिकको स्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राखेर नगरपालिकाले विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
व्यास नगरपालिकाले जलेश्वर ज्येष्ठ नागरिक सेवा केन्द्र व्यास–१ को सहकार्यमा सञ्चालन गरेको आँखा परीक्षण शिविरबाट मोतियाबिन्दु पहिचान भएका ज्येष्ठ नागरिकलाई शल्यक्रियाका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन तथा सहजीकरण गरेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३२, बिहीबार २०:०७मन्त्री मगर « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ३२, बिहीबार १९:०४नीलकण्ठ–१३ मा सार्वजनिक सुनुवाइ सम्पन्न, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारमा जोड
खेलकुद२०८३ असार ३२, बिहीबार १२:१५फुटबलको महाकुम्भः दुई महादेशीय विरासतको अब अन्तिम भिडन्त
कला, विचार/मनोरञ्जन२०८३ असार ३२, बिहीबार ०९:१०सुरु भयो ‘रातो घेरा’ को छायांकन









