बजारमा सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि फेला परेपछि विभागले गर्याे यस्ताे आग्रह

काठमाडौं । औषधि व्यवस्था विभागले बजारमा सेरोफ्लो रोटाक्याप नामक औषधिको नक्कली संस्करण फेला परेको भन्दै सचेत रहन अपील गरेको छ ।
विभागले बुधबार एक सूचना जारी गर्दै भारतको सिक्किमस्थित सिप्ला लिमिटेडले उत्पादन गरेको श्वासप्रश्वास सम्बन्धी यो औषधिको नक्कली प्रतिलिपि बिक्री वितरण भइरहेको जनाएको हो । विभागले सम्पूर्ण चिकित्सक, फर्मासिस्ट, अस्पताल, औषधि व्यवसायी तथा सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।
विभागका अनुसार नक्कली औषधिको प्रयोगले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले औषधि खरिद गर्दा आधिकारिक फार्मेसीबाट मात्र किन्न, लेबल र विवरण ध्यानपूर्वक जाँच्न तथा शंकास्पद अवस्थामा प्रयोग नगर्न आग्रह गरिएको छ। साथै, त्यस्ता औषधि भेटिएमा नजिकको स्वास्थ्य संस्था वा सम्बन्धित निकायमा जानकारी गराउन समेत भनिएको छ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३२, बिहीबार २०:०७मन्त्री मगर « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ३२, बिहीबार १९:०४नीलकण्ठ–१३ मा सार्वजनिक सुनुवाइ सम्पन्न, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारमा जोड
खेलकुद२०८३ असार ३२, बिहीबार १२:१५फुटबलको महाकुम्भः दुई महादेशीय विरासतको अब अन्तिम भिडन्त
कला, विचार/मनोरञ्जन२०८३ असार ३२, बिहीबार ०९:१०सुरु भयो ‘रातो घेरा’ को छायांकन









