शिभिल बचत तथा ऋण सहकारी संस्थामा पुन: कोईराला

पोखरा । शिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं साधारण सभा तथा सातौं अधिवेशन सोमबार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले बालकृष्ण कोईरालाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा श्रीमती कविता भुषाल शर्मा, सचिवमा श्री विनोद प्रसाद लामिछाने, कोषाध्यक्ष हरीप्रसाद लामिछाने, सह-सचिव अन्जिता बांस्तोला तथा सदस्यहरुमा क्रमश : एल के शर्मा , दिपक प्रसाद पौडेल, दान बहादुर के सी, श्रीमती निर्मला कोईराला र लेखासमिती संयोजकमा दिपक भण्डारी, सदस्य शिव प्रसाद लामिछाने र रोज श्रेष्ठ निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक नगेन्द्र राज बरालले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष बालकृष्ण कोईरालाको अध्यक्षता तथा संस्थाका जेष्ठ सदस्य श्रीमती दमयन्ति तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा उपाध्यक्ष कबिता भुषाल शर्माले स्वागत मन्तब्य तथा सचिव बिनोद प्रसाल लामिछानेले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा ऋण समिति संयोजक एल के शर्माले संस्थाको सम्पूर्ण गतिविधिबारे प्रकाश पार्दै बजारमा जसरी सहकारीहरु जोखिममा रहेको गुनासोहरु सुनिएको छ तेस्तो हल्लाको पछाडि नलागिकन शिभिल बचत तथा ऋण सहकारीमा निर्धक्क भै बचत गर्न सम्पूर्ण शेयर सदस्य तथा वचत कर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखासमितिको प्रतिवेदन माथि छलफल गरि सर्वसहमतिमा पारित गरिएको संस्थाका व्यवस्थापक बिष्णु प्रसाद सापकोटाले जानकारी गराउनुभयो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक









