बितेको २४ घण्टामा १ हजार ५ सय ५८ जनामा काेराेना पुष्टि

बितेको २४ घण्टामा १ हजार ५ सय ५८ जनामा काेराेना पुष्टि
Share this

असल खबर-बितेको २४ घण्टामा देशैभर एक हजार पाँच सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै पीसीआर र एन्टिजेन गरी १२ हजार तीन सय ८५ जनाको नमुना परीक्षण गरेकोमा एक हजार पाँच सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १२ दशमलव ५७ प्रतिशतमा सङ्क्रमण देखिएकाे हो । आज थपिएकासगै नेपालमा हाल कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७१ हजार सात सय ३४ पुगेको छ ।
त्यस्तै गएको २४ घण्टामा एक हजार तीन सय ५१ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४६ हजार पाँच सय ६६ पुगेको छ ।
यसै अवधिमा थप १० जना सङ्क्रमितकाे ज्यान गएकाे छ । यस सहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार १२ पुगेको छ ।
हाल नेपालमा २५ हजार चार सय ९७ जना सक्रिय सङ्क्रमित रहेकोमा तीन सय ८६ जनाको आईसीयू र एक सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: 2021-September-17 समय 6:34 PM

186 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com