प्रधानमन्त्री देउवाको भारत भ्रमणको बिषयमा पुनर्विचार हुँदै

प्रधानमन्त्री देउवाको भारत भ्रमणको बिषयमा पुनर्विचार हुँदै
Share this

असल खबर-आउदो पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने तय भए पनि कोरोनाका कारण त्यसबारे पुनर्विचार गर्न थालिएको छ । भारतमा दिन प्रतिदिन कोरोना संक्रमण दर वृद्धि भइरहेको, दिल्लीमा रात्रिकालीन कर्फ्यु समेत लगाइएका कारण भ्रमणबारे पुनर्विचारका लागि परराष्ट्र मन्त्रालयमा छलफल सुरु भएको हो ।
मन्त्रालयका एक अधिकारीका अनुसार पुस २५ गतेका लागि निर्धारित प्रधानमन्त्रीको भ्रमण सार्ने या सोही मितिमा भ्रमण गर्ने भन्नेबारे छलफल भइरहेको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी थाले पनि हालसम्म मन्त्रिपरिषद्ले भ्रमणबारे निर्णय नगरेका कारण पनि अन्योल देखिएको मन्त्रालय स्रोत बताउँछ ।
नेपालस्थित भारतीय दूतावास स्रोतले प्रधानमन्त्री देउवाको भ्रमणको बिषयमा अझै प्रस्ट हुन नसकेको जनाएको छ । कोरोना संक्रमणका कारण प्रधानमन्त्रीको भ्रमण भौतिक रुपमै हुने कि भर्चुअल माध्यमबाट हुने सन्दर्भमा विचार भइरहेको दूतावास स्रोतको भनाइ छ ।

अन्तिम अपडेट: 2021-December-28 समय 1:04 PM

95 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com