Home समाचार इन्द्रजात्रा शुरु भयो

इन्द्रजात्रा शुरु भयो

1
0
इन्द्रजात्रा शुरु भयो




काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०ः३७ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिन्छ । समितिले दिएको साइतमा आज बिहान मानन्धर समूहले इन्द्रध्वजोत्थान गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो ।

इन्द्रध्वजोत्थानका लागि गत भदौ ३१ गते वनयात्रा गरी लिङ्गो काटिएको थियो । यही असोज ६ गते लिङ्गोलाई भोटाहिटीबाट नगर प्रवेश गराइएको थियो ।

आज लिङ्गोलाई इन्द्रध्वजका रुपमा उठाएपछि इन्द्रजात्राको विशेष चहलपहल हनुमानढोका दरबार क्षेत्रमा सुरु हुन्छ ।

जात्राको मुख्य दिन असोज ११ गते बिहीबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त
Previous articleएमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी
Next articleजुम्ला विमानस्थल विस्तारको लागि बजेट विनियोजन