Home समाचार नेपाल-भारत सीमामा फेरी गोली प्रहार गरी हत्या

नेपाल-भारत सीमामा फेरी गोली प्रहार गरी हत्या

1
0
नेपाल-भारत सीमामा फेरी गोली प्रहार गरी हत्या




बारा- भारतको सीमा क्षेत्र बाराको पचरौता नगरपालिकामा पूर्वशसस्त्र प्रहरीको हत्या भएको २४ घण्टा बित्न नपाउँदै फेरी भारतीय नागरिक अजित कुमार सिंहको हत्या भएको छ ।

भारत मोतिहारी जिल्ला सुक्लहिया गाउँ-१ बस्ने राम पुकार सिंहको छोरा २२ बर्षिय अजित कुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो ।

हिजो मंगलबार साँझ नेपाल–भारत सीमा पचरौता-६ लक्ष्मिनियास्थित रहेको पोखरी नजिक दुई वटा मोटरसाईकलमा आएका समुहले गोली प्रहार गरी भारत प्रवेश गरेका हुन ।

मृतकसँगै निवासी सुजित कुमार सिंह, चञ्चल पाञ्डे, मनिष कुमार सहनी र कामेश्वर सहनी दुईवटा मोटरसाईकलमा नेपाल प्रवेश गरेको र बाईकमा पछाडि बसेका सिंहले निज मृतक सिंहलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै पुगेको प्रहरीले घट्नास्थलबाट एक थान गोलि र एक थान गोलिको खोका बरामद गरेको प्रहरी उपरिक्षक सुरेश काफलेले बताउनु भएको छ ।

एक दिन अघि सोही नजिक पुर्व शसस्त्र प्रहरी स्थानीय ३३ वर्षीय अमरेश कुमार सिंहको हत्या भएको थियो । केही समय अघि मात्र सिम्रौनगढमा एसएसबी जवान बगहा गाउँ निवासी धर्मेन्द्र कुमारको गोली हानी हत्या गरिएको हो ।

सिमा क्षेत्रमा खुलेआम तस्करी हुदै आएको छ । अनगिन्ती मदिरा भट्टी संचालन एकातर्फ छ भने अर्कोतर्फ तस्करीका कारण हत्याको क्रम बढेको छ भने सिमा क्षेत्र असुरक्षित बन्दै आएको छ । खुल्ला सिमाका कारण अपराधिहरुले मोटरसाईकलमा नेपाल आउने र गोली प्रहार गरी भारत छिर्ने क्रम बढेको स्थानीयले बताएका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् : 
लेखकसँग सम्बन्धित खबरहरु
Previous articleनेपाली काँग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनको लागी समितिहरु गठन
Next articleराजमार्ग क्षेत्रमा बजार अनुगमन तिव्र,मलेखुको माछा अखाद्य बस्तु मिसावट