राजमार्ग क्षेत्रमा बजार अनुगमन तिव्र,मलेखुको माछा अखाद्य बस्तु मिसावट
![राजमार्ग क्षेत्रमा बजार अनुगमन तिव्र,मलेखुको माछा अखाद्य बस्तु मिसावट राजमार्ग क्षेत्रमा बजार अनुगमन तिव्र,मलेखुको माछा अखाद्य बस्तु मिसावट](https://www.neelkanthafm.com/wp-content/uploads/2023/09/machha.jpg)
धादिङ, ९ असोज
मलेखुको माछामा अखाद्य वस्तुको मिसावट भेटिएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले गरेको अनुगमनको क्रममा विक्रिका लागि राखिने अधिकांश माछामा रङ्ग मिसाएको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली बताउनुभयो । विक्रिका लागि सजाएर राखिएका अधिकांश माछामा खानै नमिल्ने रङ्ग मिसाइएको पाइएपछि सोमबार अनुगमनको क्रममा ५० हजार रुपैंया बराबरको माछा जफल गरेको छ ।
प्रशोधन स्थलमा सुकाउनका लागि रङ्ग दलेर राखिएका र सुकाउँदै गरेका माछा सबै जफत गरेर अब आइन्दा रङ्गको प्रयोग नगर्न सुझाव दिइएको अनुगमन समितिका संयोजक समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो । एक पटकको लागि जरिवाना नगराई सुध्रिन र सुधार गर्न निर्देशन दिएको र अर्को पटक फेरी रङ्गको मिसावन गरेर विक्रि गरेको भेटियो भने उपभोक्ता हित र खाद्य ऐन अनुसार र अनुचित व्यापारिक क्रियाकलाप अन्तर्गत तीन लाखसम्म जरिवाना हुने उहाँले बताउनुभयो ।
चाडपर्व लक्षित देखावटी अनुगमन भयो भन्ने मान्यतालाई चिरेर अखाद्य वस्तु मिसावट गर्ने, गुणस्तरहिन खानेकुरा विक्रि वितरण गर्ने, सेवा अनुसार चर्को मुल्य असुल्ने र मापदण्ड विपरित संचालन भएका होटल तथा पसलहरुलाई कारबाही गर्न निर्मम भएर अघि बढ्ने पराजुलीको भनाई छ । विक्रिका लागि माछा सेकाउने बेलामा नै कोलतार रङ्गको प्रयोग गरेको पाइएको हो । उक्त रङ्गले मानव स्वास्थ्यको लागि गम्भिर गर्ने स्वाथ्यर्कीले बताएका छन् । त्यस्ता विषाक्त वस्तु मानव शरीरमा प्रवेश भएपछि क्यान्सर, किड्नी लगायतका अंगमा प्रत्यक्ष असर पार्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटका खाद्य निरिक्षक नवराज श्रेष्ठले बताउनुभयो
१%१%
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास