Home खेलकुद एसियाली खेलकुदको क्रिकेटमा मंगोलिया विरुद्ध नेपालको फराकिलो जीत

एसियाली खेलकुदको क्रिकेटमा मंगोलिया विरुद्ध नेपालको फराकिलो जीत

0
एसियाली खेलकुदको क्रिकेटमा मंगोलिया विरुद्ध नेपालको फराकिलो जीत

काठमाडौं- चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई २७३ रनले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको ३१४ रनलाई पछ्याउने क्रममा मंगोलिया १३ दशमलव १ ‌ओभरमा सबै विकेट गुमाउँदै ४१ रनमा समेटिएपछि यो जीत नेपालको हातमा गएको छ ।

टी-२० प्रतियोगितामा टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनाएको थियो ।

टी–२० आईमा कुशल मल्लको विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीको कीर्तिमानी अर्धशतकको मद्दतमा नेपालले कीर्तिमानी स्कोर बनाएको हो ।

यसअघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध र चेक रिपब्लिकले टर्की विरुद्ध समान २७८ रन बनाएका थिए ।

हाङझाउमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको हो । नेपालक लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे ।

कुशलले ३४ बलमै शतक पूरा गर्दै कीर्तिमान बनाएका हुन् । दीपेन्द्र सिंह ऐरीले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् ।

यस्तै कप्तान रोहित पौडेलले २७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ६१ रन बनाए । ७.२ ओभरमा ६६ रन हुँदा दुवै ओपनरलाई गुमाएको नेपालका लागि कुशलले विष्फोटक ब्याटिङ गरेका थिए । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रन बनाएर आउट भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here