मेघौली-गोलाघाट पर्यटन समिति गठन
चितवन- चितवनको पश्चिमी क्षेत्र मेघौली गोलाघाटको पर्यटन प्रवर्द्धनकालागि मेघौली-गोलाघाट पर्यटन विकास समिति गठन गरिएको छ । सफल उद्यमी एवं समाजसेवी तेलबहादुर कुमाल, विशालको नेतृत्वमा समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा चुडामणि ढकाल, सचिवमा सन्देश चापागाईं, सहसचिवमा सोम महतो र कोषाध्यक्षमा नेत्रप्रसाद आचार्य रहनुभएको छ । सदस्यहरुमा केशवराज गौतम, वीरबहादुर कुमाल, भीमबहादुर कुमाल, सुकियाकुमारी महतो र मीना कुमाल रहनुभएको छ ।
बैठकले हरिचन्द्र महतो, जयमंगल कुमाल, आशबहादुर कुमाल, लोकनाथ सापकोटा, दण्डपाणि ढकाल, श्यामप्रसाद अधिकारी, बालसिंह पोखरेललाई सल्लाहकार सदस्य चयन गरेको छ ।
राप्ती र नारायणीको संगमस्थल गोलाघाट सूर्यास्तको मनोरम दृश्यका साथै बाघ, गैडा, हात्तीलगायत जनावरको विचरण तथा चराचुरुंगी अवलोकनका लागि महत्वपूर्ण क्षेत्र मानिएको छ ।
भरतपुर महानगरपालिकाअन्तर्गत पर्ने गोलाघाट आन्तरिक तथा बाह्य पर्यटनका लागि एक उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदैछ । भरतपुर भ्रमण वर्ष २०२४ को तयारी स्वरुप समितिले विभिन्न पर्यटकीय सेवा दिने तयारी गरेको पनि अध्यक्ष विशाल कुमालले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाले पनि चितवनको पश्चिम क्षेत्र मेघौलीको अन्तर्राष्ट्रियकरणका लागि विशेष योजना अघि बढाएको पर्यटनविद् डाक्टर विश्व सुवेदीले जानकारी दिनुभयो ।
मेघौली, जगतपुर, पटिहानीजस्ता क्षेत्रहरुमा पर्यटकीय पूर्वाधार बढाउन मेयर रेनु दाहालको विशेष रुचि रहेको पनि विज्ञ सुवेदीले बताउनुभयो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास
- समाचार२०८१ पुष १७, बुधबार २०:३५संस्कृत युवा मञ्चको सातौं वार्षिक साधारण सभा सम्पन्न
- समाचार२०८१ पुष १०, बुधबार १९:२०पशुपतिनाथ मन्दिर पोखरामा सिग्देल