मेघौली-गोलाघाट पर्यटन समिति गठन

चितवन- चितवनको पश्चिमी क्षेत्र मेघौली गोलाघाटको पर्यटन प्रवर्द्धनकालागि मेघौली-गोलाघाट पर्यटन विकास समिति गठन गरिएको छ । सफल उद्यमी एवं समाजसेवी तेलबहादुर कुमाल, विशालको नेतृत्वमा समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा चुडामणि ढकाल, सचिवमा सन्देश चापागाईं, सहसचिवमा सोम महतो र कोषाध्यक्षमा नेत्रप्रसाद आचार्य रहनुभएको छ । सदस्यहरुमा केशवराज गौतम, वीरबहादुर कुमाल, भीमबहादुर कुमाल, सुकियाकुमारी महतो र मीना कुमाल रहनुभएको छ ।
बैठकले हरिचन्द्र महतो, जयमंगल कुमाल, आशबहादुर कुमाल, लोकनाथ सापकोटा, दण्डपाणि ढकाल, श्यामप्रसाद अधिकारी, बालसिंह पोखरेललाई सल्लाहकार सदस्य चयन गरेको छ ।
राप्ती र नारायणीको संगमस्थल गोलाघाट सूर्यास्तको मनोरम दृश्यका साथै बाघ, गैडा, हात्तीलगायत जनावरको विचरण तथा चराचुरुंगी अवलोकनका लागि महत्वपूर्ण क्षेत्र मानिएको छ ।
भरतपुर महानगरपालिकाअन्तर्गत पर्ने गोलाघाट आन्तरिक तथा बाह्य पर्यटनका लागि एक उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदैछ । भरतपुर भ्रमण वर्ष २०२४ को तयारी स्वरुप समितिले विभिन्न पर्यटकीय सेवा दिने तयारी गरेको पनि अध्यक्ष विशाल कुमालले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाले पनि चितवनको पश्चिम क्षेत्र मेघौलीको अन्तर्राष्ट्रियकरणका लागि विशेष योजना अघि बढाएको पर्यटनविद् डाक्टर विश्व सुवेदीले जानकारी दिनुभयो ।
मेघौली, जगतपुर, पटिहानीजस्ता क्षेत्रहरुमा पर्यटकीय पूर्वाधार बढाउन मेयर रेनु दाहालको विशेष रुचि रहेको पनि विज्ञ सुवेदीले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १४, शनिबार २२:४८गोपालजी मन्दिरमा भक्तिभाव: शनिवासरीय भजनमा उल्लेख्य सहभागिता
समाचार२०८२ चैत्र १४, शनिबार २२:००राजनीतिक दलसँग आवद्ध ट्रेड युनियन खारेज,शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक(पूर्णपाठ)
समाचार२०८२ चैत्र १४, शनिबार २१:२४यस्ता छन्,बालेन सरकारका शासकीय सुधारसम्बन्धी एक सय कार्यसुचीहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १४, शनिबार ११:५४प्यारो केसीको स्वर र अभिनयमा ‘कहाँ कहाँ’ सार्वजनिक







