Home राजनीति प्रधानमन्त्री दाहाल ल्हासामा

प्रधानमन्त्री दाहाल ल्हासामा

3
0
प्रधानमन्त्री दाहाल ल्हासामा

ल्हासा- चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छोङ्छिङ्बाट ल्हासा पुग्नु भएको छ । सिछ्वान एअरलाइन्समार्फत प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार विमानस्थलमा अवतरण हुनुभएको हो ।

गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सांस्कृतिक झाँकी सहितभव्य स्वागत गरिएको छ । कार्यक्रमको सुची अनुसार आज साँझ प्रम प्रचण्डसँग चीनिया कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचीव वाङ चङ्छङ्ले भेटवार्ता गर्नुहुनेछ ।

सचिव वाङले प्रम प्रचण्डको सम्मानमा आज साँज रात्रिभोजको आयोजना गर्नुहुने कार्यक्रम रहेको छ । चीनसङ सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रबाट चीनसँग विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणको समझदारी बनेको सन्दर्भमा प्रम प्रचण्डले ल्हासाको भ्रमण गर्नुभएको हो ।

तिब्बतमा रहदा प्रम प्रचण्डले कैलाश मानसरोवर (ताल ) एवं कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ । ल्हासामा प्रधानमन्त्री प्रचण्डले ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालयमा भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।

उहाँका साथ परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू हुनुहुन्छ ।

यसअघि प्रधानमन्त्री दाहाल हिजो बेइजिङबाट छोङछिङ सहर आइपुग्नुभएको थियो । त्यहाँ उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छोङछिङ महानगरले गरेका कार्यहरुको जानकारी लिनुभएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleमेघौली-गोलाघाट पर्यटन समिति गठन
Next article१९औँ एसियाली खेलकुद : मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित