अल्पकालीन विधेयक सुरुमा प्रतिनिधि सभाले पारित गरेको हो । मध्य नोभेम्बरसम्म सरकारलाई खर्च व्यवस्थापन गर्ने तर युक्रेनको लागि कुनै नयाँ सहायता समावेश नगर्ने विधेयक पारित भएको हो ।
विधेयकलाई सिनेटले पनि अनुमोदन गरिसकेको छ । बजेट बन्द भए दशौं हजार संघीय कर्मचारीलाई तलब दिन नसकिने र अन्य धेरै सरकारी सेवा प्रभावित हुने अवस्था रहन्छ ।
खर्च विधेयक संसदका दुबै सदनमा अक्टोबर १ अगावै अनुमोदन हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । बजेट खर्चको स्तर र नीतिका सम्बन्धमा रिपब्लिकन र डेमोक्र्याट सांसदबीच मुल असहमति रहेका कारण समस्या आएको विश्लेषण गरिएको छ ।