Home कला, विचार/मनोरञ्जन हाँस्यकलाकार गणेशले हङकङमा प्रस्तुती दिने

हाँस्यकलाकार गणेशले हङकङमा प्रस्तुती दिने

0
हाँस्यकलाकार गणेशले  हङकङमा प्रस्तुती दिने

काठमाडौं । गत वर्ष बिभिन्न जिल्लामा आफ्नो प्रस्तुति देखाएका हाँस्यकलाकार गणेश इशाराले आगामी साता हङकङमा रहेका नेपालीहरुलाई हसाउँने भएका छन् । ‘जो धेरै हाँस्छ उ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ हास्य कलाकार गणेश ईशारा राईको ‘गणेश इशारा राई एकल कमेडी शो’ हङकङमा हुने भएको छ । ईशाराको एकल शो हङकङमा अक्टोबर १५ तारिखमा हुनेछ । कार्यक्रमलाई एभरेष्ट ईन्टरनेशनल ट्रेडिङ कम्पनीको प्रस्तुतिमा याक एण्ड यति रेष्टुरेन्ट हङकङले आयोजना गर्ने भएको हो ।

हास्य कलाकार ईशारा विगत २०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्ध आश्रामदेखि विभिन्न पिडितहरुलाई उपचार र सहयोग गर्न सफल एक समाजसेवी तथा कलाकार हुन् । उनले आफ्नै हजुर आमाको नाममा बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरि बिभिन्न समस्यमा परि भैपरि आउने दुखी, पिडितहरुलाई सहयोग गर्दै आएका छन् । कलाकार इशाराको गाईजात्रा कोसेली ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साधेतन्त्र’ र ‘भद्रगोल डटकम’ लोकप्रिय प्रहसन हुन् ।

हङकङमा हुने कार्यक्रममा ईशाराका साथमा आफ्नो कर्मथलो बनाईरहेको स्थानीय नेपाली कलाकारहरुको पनि प्रस्तुती रहने बताईएको छ । कार्यक्रमको संयोजन एभरेष्ट ईन्टरनेशनल ट्रेडिङ कम्पनीका प्रबन्ध निर्देशक लोक आङबुहाङले गरेका छन् भने प्रायोजकहरुमा सिताराम राई, प्रकाश आङबुहाङ ‘टेन्सन’, लक्ष्मी प्रसाद सम्बाहाम्फे, नविन चाम्लिङ राई, सुमन वनेम र भवेश घिसिङ लामाको रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here