निर शाहको ‘कमला मिस’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। निर शाहको निर्देशनमा बनेको नयाँ चलचित्र ‘कमला मिस’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्रले पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढाएको छ।
सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई गहिरो मनोवैज्ञानिक भावभंगिमासहित प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथा रहस्यमय, संवेदनशील र मनोवैज्ञानिक हुने संकेत गर्छ। निर्माण टिमले चलचित्रको अफिसियल टिजर यही बिहीबार सार्वजनिक गर्ने जनाएको छ।
मनोवैज्ञानिक कथावस्तुमा आधारित ‘कमला मिस’मा निर्देशक निर शाह स्वयंको अभिनयसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडाको अभिनय रहेको छ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लद्वारा निर्माण गरिएको चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन्। विजय मल्लको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद निर शाह र प्रजल दुलालले संयुक्त रूपमा लेखेका हुन्।
चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा रहेका छन्।
करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन्। त्यसैले ‘कमला मिस’लाई उनको अनुभव, दृष्टि र सिर्जनशीलताको नयाँ प्रस्तुति रूपमा हेरिएको छ।
एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने यस चलचित्रले नेपाली दर्शकमाझ फरक स्वादको मनोवैज्ञानिक कथा प्रस्तुत गर्ने निर्माण पक्षको विश्वास रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ५, मंगलवार २२:०४जेनजी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च
समाचार२०८३ जेष्ठ ५, मंगलवार १८:३५बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ५, मंगलवार १६:४२चारु : श्रीकृष्ण शर्मा
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ५, मंगलवार ०८:५०कान्समा नेपालको पहिलो आधिकारिक स्टल : नेपाली चलचित्रको विश्व बजार यात्रामा बोर्डको ऐतिहासिक पहल









