डेभिड शँकरको ‘तिमीलाई हेरेर’सार्वजनिक (भिडीयो)

काठमाडौँ। पहिलो नम्बरमा, दर्शन सलाम जस्ता हिट गीत दिएका गायक डेभिड शँकरले यतिबेला आफ्नो स्वरमा नयाँ गीत ‘तिमीलाई हेरेर…’को भिडियो सार्वजनिक गरेका छन् ।
उनको यो प्रेमिल गीतलाई अनिल तिखत्रीले लेखेका हुन् । जसमा संगीतकार दीपक शर्माको संगीत रहेको छ । दीपककै संगीतमा पहिलो नम्बरमा, दर्शन सलाम जस्ता हिट गीत गाएका डेभिडले यो गीतमा पनि दीपककै संगीतमा स्वर दिएका हुन् ।
पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको यो गीतको भिडियो आकर्षक बनाईएको छ । डेभिडले आफ्नै अफिसियल युट्युव च्यानलबाट आफ्नो यो गीतको भिडियो शुक्रबार बेलुका रिलिज गरेका हुन् ।
यो गीतको भिडियोमा डेभिड आफैंले मोडलिङ गरेका छन् । आफुले निर्माण गरेका कारण यो गीत र गीतको भिडियोलाई आफ्नै च्यानलबाट रिलिज गरेको उनले बताएका छन् ।
युवराज वाईवाले निर्देशन गरेको यो गीतको भिडियोमा डेभिड शँकरसँग पवी शाकीको अभिनय रहेको छ । भिडियोमा निशल पौडेलको छायाँकन, लोमस पौडेलको सह निर्देशन र विकाश दाहालको सम्पादन रहेको छ । प्रेमालापमा आधारित यो गीतको भिडियोलाई दर्शकले मन पराउने विश्वास गायक डेभिडको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २८, शनिबार १६:१०जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २८, शनिबार १३:३३निवर्तमान मन्त्री साह पत्नी नियुक्ति प्रकरण-‘जनस्वास्थ्य प्रशासक र बोर्डका निर्देशकलाई सोध्यो स्पष्टीकरण’
खेलकुद२०८२ चैत्र २८, शनिबार १०:११म्याड्रिडको उपाधि यात्रामा धक्का
समाचार२०८२ चैत्र २८, शनिबार ०८:०१न्यायिक प्रणालीलाई व्यवस्थित बनाउँदै समुदायमै छिटो र सहज न्याय दिने काम गरिरहेका छौं : उपाध्यक्ष अर्याल








