Home समाचार टिकट बुकिङ खुल्ला भएसँगै बसपार्कमा टिकट लिनेहरुको भिड (फोटो फिचर)

टिकट बुकिङ खुल्ला भएसँगै बसपार्कमा टिकट लिनेहरुको भिड (फोटो फिचर)

0
टिकट बुकिङ खुल्ला भएसँगै बसपार्कमा टिकट लिनेहरुको भिड (फोटो फिचर)

काठमाडौं- काठमाण्डौको गोंगबुस्थित नयाँ बसपार्कमा लागेको यो भीड आफैं बोल्छ । नेपालीहरुका महान् चाडहरुको आगमन, सांस्कृतिक चाडपर्वको महत्व, दसैँ नजिकएपछि घर जाने उत्साह, जस्तोसुकै परिस्थितिमा पनि कर्मथलोबाट जन्मथलो फर्केर पारिवारिक वातावरणमा चाडबाड बनाउने नेपाली संस्कृति यो भीडमा प्रकट हुन्छ ।

घर जाने टिकट नपाइने डरले किशोर-किशोरीदेखि ज्येष्ठ नागरिकसम्म बसपार्कमा बिहानै लाइन बसेका छन् । लाइनमा उकुसमुकुस भए पनि घर जाने दिन नजिकिएपछि यात्रुहरू उत्साहित देखिएका छन् । हरेक वर्ष दशैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गर्दछन् ।

चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ सोमबारदेखि खुला गरिएको हो । बिहानैबाट नयाँ बसपार्क, कलकी, कोटेश्वर, चाबहिल छेत्रमा टिकट बुकिङ गर्ने यात्रुको भिड लागेको छ । यही असोज १९ गते भौतिक पुर्वधार तथा यातायात मन्त्रालयमा बसेको बैठकले लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

अग्रिम टिकट लिएरपनि यात्रा गर्दाको दिन सिट नपाइने, टिकट बिक्रीमा कालोबजारी हुने र टिकट काट्ने ठाँउमा अबैध व्यक्तिको हालिमुहाली बढी हुने गुनासो अघिल्ला वर्षहरुमा व्यापक सुनिने, देखिने र भोग्नुपर्ने अवस्था थियो ।

तर यसपटक भने यस्ता गतिविधि रोक्न अनुगमनलाई पनि व्यापक बनाइने यातायात व्यवस्था विभागले जनाएको छ । त्यस्तै काठमाडौ उपत्यकाका १६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

जहाँ प्रहरी,यातायात व्यवस्था विभागका कर्मचारी लगायतले यात्रुलाई परेको समस्या समाधान गर्न सहयोग गर्ने छन् । त्यस्तै यात्रुले नागरिक सहायता कक्षमा गएर टिकट बुकिङ भएको समस्या र गुनासा राख्न सक्ने छन् ।

यात्रुहरुको सहजताका लागि नेपाल यातायात व्यवसायी महासंघले टिकट काउण्टरमा पोसाक, परिचय पत्र सहितका व्यक्तिहरूको व्यवस्था गरेको छ । दसैँमा काठमाण्डौं उपत्यकाबाट करिब २० लाख मानिस बाहिरिने विगतको तथ्यांकको आधारमा सवारी साधन व्यवस्थापन गरिएको महासंघले जनाएको छ । यही असोज २८ गतेदेखि यो वर्षको दशैं सुरु हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here