‘महागफाडी’को लागी छानीए टप १८ प्रतिस्पर्धी

काठमाडौं। टेलिभिजन रियालिटी शो ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न भएको छ । यो शोका निर्देशक नरेश नाथ योगीका अनुसार हजार बढी आवेदकबाट डिजिटल अडिसनका लागि छानिएका १०० प्रतिस्पर्धीको फिजिकल अडिसन गरिएको थियो । जसमध्येबाट टप १८ प्रतिस्पर्धी छानीएका छन् ।
फिजिकल अडिसनबाट टप १८ मा शुभम सिंह भुमियार, अमरेन्द्र यादव, अनिल राई, दिपेश घिमिरे, हरी गजुरेल, हुकुम बाबु वली, कृष्ण भुर्तेल लक्ष्मण, पुजन नेपाल, रेशम सापकोटा, संजीव भट्टराई, सरोज खतिवडा, शोभा लामिछाने, श्रीराम कँडेल, सन्तोष तिवारी, अर्जुन पोखरेल, दिल्ली राज अधिकारी, कर्मा लामा र निरोज त्वायाना छानिएका हुन् ।
निर्माण कम्पनिका अनुसार कुनै एक टेलिभिजनबाट टप १८ राउण्डको प्रसारण गरिनेछ । ‘महागफाडी’का निर्देशका नरेश नाथ योगी सिनेमा लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर समेत हुन् । उनी भन्छन्, ‘मनोरञ्जनका विविध विधामध्ये वाक कला पनि एक हो । जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि महा गफाडी उपयोगी र नविन प्लेटर्फम सावित हुने बताउँछन् ।’
ढाकाटोपी फिल्मस्को व्यानरमा निर्माण भैरहेको रियालिटी शोमा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिक सहभागीले आफ्नो मातृभाषामा समेत अडिसन दिएका थिए ।
यो रियालिटी शोको अडिसन डिजिटल प्लेटर्फममा मात्रै गरिएको थियो । दर्शकको भोटिङका आधारमा रियालिटी शोको विजेता छनोट गरिनेछ ।
‘महागफाडी’को निर्णायक मण्डलमा बरिष्ठ हास्यव्यङ्गय कवि शैलेन्द सिंम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहेका छन् । अभिनेता कामेश्वर चौरासियाले यो कार्यक्रमको सञ्चालन गर्नेछन् । यही शोबाट लामो समयपछि कामेश्वर टेलिभिजनको पर्दामा देखिँदैछन् ।
‘महागफाडी’को विजेताले १५ लाख नगद तथा सवारी साधन, फर्स्टरनरअप लाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने शोका निर्देशक योगीले बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:०४चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न









