‘लिटील स्टार हन्ट नेपाल २०२३’ सम्पन्न

काठमाडौँ। क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा राजधानीमा आयोजित बालबालिकाबीचको प्रतिभामूलक प्रतियोगिता ‘लिटील स्टार हन्ट नेपाल २०२३’ मा इभान्सी पौडेल र यथार्थ शाही ठकुरी जुनियर लिटील स्टार हन्ट नेपाल २०२३ तथा जिज्ञासा शाही ठकुरी र रियाज आले मगर सिनियर लिटील स्टार हन्ट नेपाल २०२३ भएका छन्।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘लिटील स्टार हन्ट नेपाल २०२३’ को जुनियरतर्फ इभाना शर्मा र व्रिसभध्वज कार्की फस्ट तथा श्रेया गुरुङ र सक्षम पनेरु सेकेन्ड रनर्सअप भएका छन्। कोरोना स्कुल, सुर्योदय स्कुल र डेनब एकेडेमीका २६ विद्यार्थीबीच कडा प्रतिस्पर्धा भएको प्रतियोगिताको सिनियरतर्फ संस्कृति बराल र रिदम पनेरु फस्ट रनर्सअप तथा उज्मा बानु थापा र सर्वजित खरेल सेकेन्ड रनर्सअप भएका छन्। रानी खरेलको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा प्रमूख उपउपाधिका साथ अन्य विभिन्न उप उपाधि विजेता पनि चयन गरिएको थियो।
बालबालिकाको प्रतिभा तथा आत्मविश्वास अभिबृद्धीका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक क्रिजोना मिडिया ग्रुप प्रालिका अध्यक्ष लभिन अन्सारीले जानकारी गराए। प्रतियोगितामा मोडल तथा मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल आस्था सखा, मोडल तथा अभिनेता दीपक घिमिरे र मिसेस इन्टरनेशनल अनिता यादव निर्णायक रहेका थिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १, शुक्रबार १५:३३चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०९:५१पाथीभराको भेटी एक करोड छ लाख रुपैयाँ
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०८:१४धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार ०६:४८मुम्बई इन्डियन्ससँग पञ्जाव किङ्ग्स पराजीत









