राजेश पायल र समिक्षाको दशैं गीतमा आर्यन (भिडियो)

काठमाडौँ। हिन्दुहरुको महान चाड विजया दशमी नजिकदै गर्दा दशैँ गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। गायक राजेश पायल राई र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ दशैं गीत भिडियो सहित सार्वजनिक गरिएको छ।
दाहाल सन्तोषको शब्द रचना रहेको गीतमा संगीत बिशाल निरौलाको रहेको छ। कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा अभिनेता आर्यन सिग्देल र अस्मि थापा फिचर्ड छन्। भिडियोका निर्माता कृष्ण घिमिरे हुन्।
सुरेश काफ्लेले छायांकन गरेको भिडियोको सम्पादन मिन रावलले गरेका हुन्। भिडियो साइराम पिक्चर्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। निर्देशक पौडेलले गीतको शब्द अनुसार भिडियो निर्माण गरेका छन्। ‘पिपल डाँडैमा’ बोलको रोमान्टिक भिडियोमा प्रविन थापाको कोरियोग्राफी रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ९, बिहीबार ०४:३३प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार
कला, विचार/मनोरञ्जन२०८२ माघ ८, बुधबार २१:४७चलचित्र ‘परिवर्तन’ टिम चितवनमा | Celebrity Nepal
कला, विचार/मनोरञ्जन२०८२ माघ ८, बुधबार २१:४३चलचित्र ‘आ बाट आमा’को भावुक ट्रेलर सार्वजनिक
समाचार२०८२ माघ ८, बुधबार २०:०७नेपाल र भारतबीच निकासी पूर्व सूचना आदानप्रदानसम्बन्धी समझदारी








