समस्या समाधान नगरे आन्दोलनमा उत्रिने मिटर ब्याज पीडितको चेतावनी

सिरहा- मिटरब्याज विरुद्धको संघर्ष समितिले पीडितहरुको माग सही ढङ्गले सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सिरहाको गोलबजारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिले सिरहा प्रशासनलाई मिटरब्याज पीडितहरुको समस्या सात दिनभित्र देखिनेगरी समाधान गर्न आग्रह गरेको छ ।
समितिका संयोजक मनोज पासमानद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले गरेको सहमति कार्यान्वयन नभएको जनाइएको छ । ‘हामीसँग जुन हिसाबले सहमति भएको थियो, त्यसप्रति राज्य इमानदार रहेन भन्ने निष्कर्षमा अन्ततः हामी पुगेका छौँ,’ विज्ञप्तिमा भनिएको छ,।’
पछिल्ला दिनमा पीडितहरुलाई अल्मल्याउने काम मात्रै भएको र एउटै मुद्दामा १०औँ पटक छलफल गर्दा पनि निर्णय हुन नसकेको संघर्ष समितिको आरोप छ ।
सिरहामा जम्मा ३ हजार ७८८ भन्दा बढी मिटरब्याज पीडितको मुद्दा दर्ता भएको छ । अहिले सम्ममा पुरानो र नयाँ गरी २ सय ७३ मुद्दामा मात्र सहमति भएको आन्तरिक प्रशासन शाखाका कर्मचारी शिव दयाल यादवले जनाएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ७, बिहीबार २१:०२नेपालमै पहिलो पटक १ करोड सब्स्क्राइबर पार गर्दै ओएसआर डिजिटललाई डायमण्ड प्ले बटन
समाचार२०८२ फाल्गुन ७, बिहीबार १८:४५दक्षिण कोरियामा मार्सल ल प्रकरण : पूर्वराष्ट्रपति युन दोषी ठहर
समाचार२०८२ फाल्गुन ७, बिहीबार १६:५१प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
समाचार२०८२ फाल्गुन ७, बिहीबार १५:३९कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा







