विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

बिदामा रहेका अधिकारीलाई तत्काल कार्यालयमा उपस्थित हुन आग्रह
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अविरल वर्षा, बाढी र पहिरोको जोखिम बढेको भन्दै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई विपद्को संवेदनशील अवधिभर कार्यालयमा अनिवार्य उपस्थित रहन निर्देशन दिएको छ।
मन्त्रालयको स्थानीय तह समन्वय शाखाले सोमबार पत्र जारी गर्दै विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित अधिकारीलाई कार्यालय नछाड्न आग्रह गरेको हो।
मन्त्रालयले हाल कुनै पनि प्रकारको बिदामा रहेका जिल्ला समन्वय अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृतलाई बिदा छोट्याएर यथाशीघ्र सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हाल्न निर्देशन दिएको छ। विपद्को समयमा आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय रहन पनि पत्रमा भनिएको छ।
विपद्सम्बन्धी सूचना सङ्कलन, उद्धार तथा राहत कार्य, क्षतिको विवरण तयार पार्ने र अन्य आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश सरकार तथा सङ्घीय निकायसँग निरन्तर सम्पर्कमा रहनुपर्ने मन्त्रालयले जनाएको छ।
विशेष परिस्थितिमा कार्यालय छाड्नुपर्ने अवस्था आएमा सम्बन्धित निकायको पूर्वस्वीकृति लिनुपर्ने र आफ्नो जिम्मेवारी निर्वाहका लागि उचित वैकल्पिक व्यवस्था गरेर मात्रै कार्यालय छाड्न निर्देशन दिइएको छ।
देशका विभिन्न स्थानमा निरन्तर वर्षाका कारण बाढी, पहिरोलगायत विपद्जन्य घटनाको जोखिम तथा प्रभाव बढेपछि मन्त्रालयले उक्त निर्देशन जारी गरेको हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ५, मंगलवार ०८:२३‘चमेलीको पोइ’ मा सुरक्षा चमेली बन्दा शेरे बने मुकुन
समाचार२०८३ श्रावण ४, सोमबार १९:४३विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन
खेलकुद२०८३ श्रावण ४, सोमबार १२:१०विश्वकप २०२६ः अन्तिम युद्धमा कहाँ चुक्यो अर्जेन्टिना ?
खेलकुद२०८३ श्रावण ४, सोमबार ०३:५६अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो दोस्रो पटक विश्वकप च्याम्पियन








