‘चमेलीको पोइ’ मा सुरक्षा चमेली बन्दा शेरे बने मुकुन

‘चमेलीको पोइ’ मा सुरक्षा चमेली बन्दा शेरे बने मुकुन

अभिनेता मुकुन भुसालले केही निर्देशकले अफर गरेको भए तापनि यो नै सुरक्षासँग अभिनय गर्न पाएको पहिलो फिल्म भएको बताए

काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहरा निर्देशीत नयाँ फिल्म ‘चमेलीको पोइ’ को शीर्ष गीत-ओइ ओइ चमेली, तिम्रा शेरे खोइ..सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरि प्रदर्शन गरिएको गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर,निर्देशक बोहराको शब्द र राजनराजको संगीत छ । कबिराज गहतराजले कोरियोग्राफी गरेको गीतमा नारायण त्रिपाठी,सुरक्षा पन्त र विल्सन विक्रम राई फिचर छन् ।

लोकआधुनीक शैलीको गीतले दर्शक,स्रोताको मन जित्नेमा आफू बिश्वस्त भएको गायक तथा संगीतकार राजनराजले सुनाए । कार्यक्रममा गीत गाएर माहौल तताएका राजनराजले नयाँ संगीत सृजना गर्नका लागि केही समय आफूले ‘बिश्राम’ लिएको तर अब पुनः संगीतमा सकृय भइसकेको बताए ।
अभिनेत्री सुरक्षा पन्तले ‘चमेलीको पोइ’ बाट आफूले निकै आशा राखेको बताउदै फिल्म उत्कृष्ट बनेको उल्लेख गरिन् । यसअघि निर्देशक बोहरासँग ‘भैरे’ मा काम गरेको स्मरण गर्दै ‘चमेलीको पोइ’ को जनरा आफूले निकै कम पाएको बताइन् । ‘यसप्रकारको कमेडी तथा रियलबेसको फिल्म मेरो निकै थोरै छन्,’ उनले भनिन्,‘शीर्ष भूमिकामा रहेकाले पनि म निकै उत्साहीत छु ।’

अभिनेता मुकुन भुसालले केही निर्देशकले अफर गरेको भए तापनि यो नै सुरक्षासँग अभिनय गर्न पाएको पहिलो फिल्म भएको बताए । ‘सुरक्षाजीसँग काम गर्ने ठूलो इच्छा थियो,केही निर्देशकले अफर गरेको भए तापनि जुरेको थिएन,यो फिल्ममा जुर्यो । निकै आशा लागेको छ ।’ यसअघि थुपै हिट गीत लेखेका निर्देशक बोहरा ‘ओइ ओइ चमेली’ लाई आम दर्शकले आफ्नो ‘ठूली’ फिल्मको चर्चित गीत ‘म त छु कि क्या हो ठूली’ झै मन पराउने बिश्वास ब्यक्त गरेका छन् ।

निर्माता रामनारायण उपाध्याय र निर्मात्री सुनीता सापकोटाले ‘चमेलीको पोइ’ बाट आफूहरु निकै आशावादी भएको बताए । ‘सबै काम उत्कृष्ट भएको छ,’ निर्माता रामनारायणले भने,‘यो हाम्रो पहिलो फिल्म हो । यसपछि पनि हामी निरन्तर फिल्म बनाउने छौं ।’ उनले ‘चमेलीको पोइ’ को अमेरिकामा बिशेष शो भइरहेको र दर्शकले निकै मन पराएको जानकारी दिदै फिल्म उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिएको बताए ।

यो पनि पढ्नुहोस् :  घरेलु हिंसा र नारी संवेदनाको कथा बोकेको ‘अक्षरा’को टिजर रिलिज

पोस्टर सार्वजनीकसँगै चर्चामा रहेको यही फिल्मबाट करिब डेढ दशकको अन्तरालपछि चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) को पुनरागमन भएको छ । फिल्ममा त्रिपाठीका साथमा मुकुन भुसाल,सुरक्षा पन्त,विल्सन बिक्रम राई,उमेश राई,रबिन्द्र झा,गणेश गौतम,प्रेमदेव गिरी,अंशु महर्जन,बविन राई,खड्गबहादुर पुन,रजनी गुरुङ,मिना आरएल शाही,रितु मल्ल ठकुरी,तारा शर्मा,सुनीता सापकोटा,बिशाल पाण्डे,श्रेया नारायण,धनलक्ष्मी बोहरा,अनुष्का नारायणलगायतका कलाकारले अभिनय गरेका छन् ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्म शेरबहादुर तामाङले खिचेका हुन भने निर्मातामा सुनिता सापकोटा र राम नारायण उपाध्याय छन् । उदय विक्रम राणा,रितु मल्ल कुँवर,सुमीत्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेको फिल्मको सह निर्मातामा नारायण त्रिपाठी,यमप्रसाद ओली,सुदीप कुँवर र प्रदिप कुमार सापकोटा छन् ।

धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको फिल्ममा कुमार महर्जनको द्धन्द्ध निर्देशन छ । बन्दे प्रसादले सम्पादन गरेको फिल्म आरआर फिल्मस्ले बितरण गर्दैछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   5   =