‘चिरञ्जीवी भवः’ को पोस्टरमा हरिवंश, आशीर्वाद र प्रशंसा

सेलिब्रेटी नेपाल । ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले शनिबार पहिलो झलक स्वरूप दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।पोस्टरमा सिनेमाका मुख्य तीन पात्र हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी छन् ।
एउटा पोस्टरमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी छन् । हरिवंश गम्भीर मुद्रामा देखिँदा आशीर्वाद र प्रशंसा हाँसिरहेका छन् । क्याजुअल लुक्समा रहेका आशीर्वाद कसैलाई हेरेर हाँसिरहेका छन् । बुट्टे चोली र सारीमा रहेकी प्रशंसा पनि क्याजुअल शैलीमा गज्जवले हाँसिरहेकी छन् । शीर छड्के पारेकी उनको अनुहारमा आइपुगेको दुई फुर्का कपालले उनको चंगा मनलाई संकेत गरिरहेको छ ।
अर्को पोस्टरमा छन्, हरिवंश र आशीर्वाद । यसमा हरिवंश आशीर्वादलाई आशीर्वाद दिइरहेका छन् । उस्तै क्याजुअल पहिरनमा रहेका आशीर्वादलाई सुकिलो दौरा सुरुवाल र ज्वारीकोटमा रहेका रवाफिला हरिवंश आशीर्वादलाई आशीर्वाद दिइरहेका छन् ।
यो पोस्टरले सिनेमाको नामलाई बोक्ने प्रयास गरेको छ । अथवा आशीर्वाद दिँदा ‘चिरञ्जीवी भवः’ भनिरहेको जस्तो लाग्छ । उनीहरू बुवा र छोराको भूमिकामा रहेको अनुमान पोस्टरबाट लगाउन सकिन्छ । निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को चलचित्र ‘चिरञ्जीवी भवः’ माघ १ गतेबाट रिलिज हुँदैछ । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ ।
यो चलचित्रमा अभिनेता हरिवंश, आशीर्वाद र मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीसँगै अभिनेत्री करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरिस निरौला, गीता अधिकारी, सुस्मिता कुँवरलगायत कलाकारको पनि अभिनय रहेको छ ।
कुमार कट्टेलले तयार पारेको कथाको लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् । सोसल ड्रामा ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ ।
उमेशकुमार बराल र चिरन के.सी. निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् ।
चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मित्र डी. गुरुङको सम्पादन छ । बाबु गिरी, सुशान्त गौतम, निरन्जन थापा र समीर खरेलको संगीत रहेको छ ।
सिनेमामा प्रोजेक्ट म्यानेजरका रूपमा सुवास राज काफ्ले रहेका छन् भने प्रोडक्सन डिजाइनर विशाल न्यौपाने छन् । यो चलचित्र माघ १ गतेबाट देशभरका हलहरूमा प्रदर्शनमा आउनेछ । डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको यस चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्ने भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक १६, आईतवार २१:२४हेमन्त र मेलिनाको स्वरमा ‘दिन दुई गुणा’ सार्वजनिक
खेलकुद२०८३ कार्तिक १६, आईतवार २०:५३जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, पोखरा नौ रनले पराजित
स्वास्थ्य/जानकारी टिप्स२०८३ कार्तिक १६, आईतवार १९:३२डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर « रिपोर्टर्स नेपाल
समाचार२०८३ कार्तिक १६, आईतवार १८:३२बेनीघाट रोराङमा मङ्सिर १० देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै









