राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न,

पोखरा, २ साउन । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ। संघका गण्डकी प्रदेश अध्यक्ष कमरेड रोशन तामाङको अध्यक्षतामा बसेको उक्त बैठकले विभिन्न सांगठनिक निर्णयहरू गर्नुका साथै समसामयिक राजनीतिक तथा सामाजिक विषयहरूमा गम्भीर चासो व्यक्त गरेको छ।
बैठकले देशको वर्तमान विषम परिस्थिति, बढ्दो युवा पलायन, बेरोजगारी, र आर्थिक संकटप्रति चिन्ता प्रकट गर्दै राज्यको अकर्मण्यताका कारण चौतर्फी निराशा छाएको निष्कर्ष निकालेको छ।
बैठकमा मातहतका जिल्ला अध्यक्षहरूबाट सांगठनिक प्रगति प्रतिवेदन (रिपोर्टिङ) प्रस्तुत गरिएको थियो। यस अवधिमा जिल्लाहरूमा युवाहरूको पहलमा पार्टी सदस्यता नवीकरण अभियान उल्लेख्य रूपमा अगाडि बढेको र युवा लक्षित कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिइयो। साथै, सरकारका जनविरोधी कार्यहरूविरुद्ध सशक्त विरोध कार्यक्रमहरू गर्ने निर्णय समेत भएको छ संघका निवर्तमान अध्यक्ष कमरेड पितम्बर खनालको नेतृत्वमा रहेको कमिटीले २ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको भन्दै बैठकले उक्त कार्यकालको उच्च मूल्यांकन गरेको छ। सो अवसरमा निवर्तमान अध्यक्ष, सचिव, र कोषाध्यक्षलाई औपचारिक रूपमा बिदाइ गरिनुका साथै केन्द्रीय सदस्य तथा प्रदेश सह-इन्चार्जको जिम्मेवारी पाएका पितम्बर खनाल लगायत अन्य सह-इन्चार्जहरूलाई बधाई तथा शुभकामना व्यक्त गरियो। नवगठित कमिटीका अध्यक्ष कमरेड रोशन तामाङ, उपाध्यक्ष सन्तोष शर्मा, सचिव किरण डुम्रे, सहसचिव सन्तोष रेग्मी, कोषाध्यक्ष अब्बु मियाँ, र युथ फोर्स विभागका गण्डकी प्रदेश प्रमुख लाई संघका इन्चार्ज कमरेड अक्कबैठकले राष्ट्रिय सार्वभौमसत्ता, भूराजनीतिक चुनौती र देशभित्रका विकृतिहरूविरुद्ध युवाहरूलाई एकजुट गर्दै संगठनलाई थप चलायमान बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।ल तामाङले पद तथा गोपनीयताको सपथ गराउनुभएको छ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३, आईतवार १२:३३राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न,
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता









