मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना

मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना

मनाङ, २२ जेठ ।

मनाङ गाउँपालिका अन्तर्गत रहेको श्री अन्नपूर्ण माध्यमिक विद्यालयमा विश्व वातावरण दिवस २०२६ को अवसरमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका निमित्त प्रधानाध्यापक श्री राज्यप्रसाद घिमिरेको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको हो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) इलाका संरक्षण कार्यालय, मनाङको आर्थिक सहयोग तथा विद्यालयको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम अन्तर्गत विद्यालयका विद्यार्थीहरूबीच खुल्ला एकल नृत्य प्रतियोगिता” सञ्चालन गरिएको थियो। अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित यस प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कार समेत प्रदान गरिएको छ।स्वच्छ वातावरण, स्वस्थ जीवन – हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ मनाङमा यस वर्षको विश्व वातावरण दिवस २०२६ विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरि सप्पन्न ।

कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) का कार्यालय प्रमुख श्री ढक बहादुर भुजेल र लेखापाल विकाश अधिकारीको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी, पत्रकार लगायत विद्यालयका शिक्षक तथा कर्मचारीहरू सहभागिता रहेको थियो।

प्रतियोगितामा विद्यार्थीहरुको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो।वातावरण जोगाउन र प्लास्टिकजन्य फोहोर कम गर्न समुदाय र विद्यार्थीहरूमा सचेतना फैलाउने उद्देश्यले

सरसफाइ कार्यक्रमआयोजना गरिएको हो । विद्यालय र आसपासका क्षेत्रलाई स्वच्छ राख्न सामूहिक सरसफाइ अभियान चलाइएको हो।

वातावरण संरक्षणको सन्देशलाई कला र मनोरञ्जनको माध्यमबाट प्रस्तुत गर्न खुला एकल नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको थियो।

प्राकृतिक छटाले भरिपूर्ण मनाङको संवेदनशीलता र विश्वव्यापी रूपमा बढ्दै गएको जलवायु परिवर्तन एवं प्लास्टिक प्रदूषणको असरलाई न्यूनिकरण गर्न स्थानीय स्तरबाटै यस्ता कार्यक्रमहरूले ठूलो टेवा पुर्‍याउने विश्वास प्रमुख ढक बहादुर भुजेलले बताउनु भयो।
कार्यक्रममा बोल्दै भुजेलले वातावरणविद् तथा सरोकारवालाहरूले दिगो विकास र वातावरण संरक्षणका लागि सधैं सचेत रहन र सरसफाइलाई जीवनशैली बनाउन आवश्यक रहेको कुरामा जोड दिनुपर्ने जिकिर गरे।

वातावरण संरक्षणमा सबैको सामूहिक प्रयास र सहयोग आवश्यक रहेको सन्देश प्रवाह गर्दै
दिवसको अवसरमा विद्यार्थीहरू र विभिन्न कार्यालयका कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो। उनीहरूले वातावरण जोगाउन आफ्नो तहबाट योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो पनि पढ्नुहोस् :  ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

वातावरण संरक्षणको महत्त्वलाई कला र सिर्जनामार्फत प्रस्तुत गर्न विद्यार्थीहरूका लागि विभिन्न प्रतिभा प्रस्फुटनका कार्यक्रमहरू समेत आयोजना गरिएको थियो।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   10   =