इजरायली आक्रमण र नाकाबन्दीका कारण गाजा क्षेत्रको जनजीवन चरम संकटमा

इजरायली सेनाको आक्रमणसँगै नाकाबन्दीका कारण गाजा क्षेत्रमा मानवीय संकट गहिरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
खासगरी खाना र पानीको अभावमा भोकमरीको अवस्था आउन लागेको विश्व खाद्य कार्यक्रमले जनाएको हो । गाजा क्षेत्रमा बिजुली लगायत इन्धनको अभाव पनि चुलिएको छ ।
५० हजार गर्भवती महिलाहरु अत्यावश्यक औषधी लिनबाट बञ्चित भएको बीबीसीले जनाएको छ । इजरायलले भने सबै बन्दी मुक्त नगरेसमम्म नाकाबन्दी जारी रहने जनाएको छ । करिव १ सय ५० जनालाई हमास लडाकुले बन्दी बनाएको अधिकारीहरुले जनाएका छन् ।
जारी हमलामा हमासतर्फ १५ सय भन्दा बढीको मृत्यु भएको छ । तीमध्ये ५ सय बालबालिका मात्र छन् । यस्तै हमास लडाकुहरुको आक्रमणमा परी इजरायलतर्फ १३ सय जनाको मृत्यु भएको छ ।
इजरायलले हवाइ आक्रमण तीव्र बनाएसँगै गाजा क्षेत्रमा करिव ३ लाख ३८ हजार जना विस्थापित भैसकेको बताइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख १९, शनिबार ०७:३५दिल्लीले राजस्थानलाई हरायो, आज चेन्नई र मुम्बई भिड्दै
समाचार२०८३ बैशाख १९, शनिबार ०६:४२सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १८, शुक्रबार २२:४३‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्याप भर्सन सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १८, शुक्रबार २०:०१शन्त कुमार राईको ‘बेरंगी’ सार्वजनिक








