‘भष्मे डन’को शनिबारको व्यापार २ करोड ५० लाख

काठमाडौं, ५ कार्तिक । बडादशैंको फूलपातीको अवसर पारेर हिजो शनिबारबाट प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ले पहिलो दिनमै बक्सअफिसमा बम्पर व्यापार गरेको छ ।
प्राप्त जानकारी अनुसार फिल्मले हिजो शनिबार मात्रै २ करोड ५० लाख हाराहारीमा व्यापार गरेको बुझिएको छ । फिल्म निर्माण टिमले यसको आधिकारिक विवरण सार्वजनिक गर्ने तयारी पनि गरिरहेको छ ।
यो फिल्म नेपालका तीन सयबढि स्क्रिनबाट प्रदर्शनमा आएको थियो । ‘फिल्मको हिजो राती १० बजेसम्मका शोहरुमा दर्शकको उच्च चाप देखिन्थ्यो । बेलुकाको सम्पूर्ण जानकारी नआइसकेकाले प्राप्त हुनसाथ छिटै व्यापारिक विवरण सार्वजनिक वितरक करण श्रेष्ठले बताए ।’
शनिबार बिहानी बाटै धेरै जसो शो ‘सोल्डआउट’ भएका थिए भने कतिपय हलमा दर्शकको उल्लेख्य भिड देखिएको थियो । फिल्मले दशैंको एक साताको लामो बिदा भएकाले बक्स अफिसमा सुनामी ल्याउने आकलन सुरुवात देखिनै गरिँदै आएको थियो ।
हिजो फिल्म हेर्ने दर्शकहरूले पनि फिल्मलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् । फिल्मले अझ राम्रो वर्ड अफ माउको साथ पाउन सफल देखिएको छ । निर्देशक दिपेन्द्र के खनालले शनिबार फिल्मलाई मिलेको समर्थन अपेक्षाकृत नै भएको बताएका छन् ।
फिल्मको निर्माण टिम हिजो शनिबार बिहानी शोबाट नै कलाकार विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, लेखक तथा निर्माता खगेन्द्र लामिछाने र निर्देशक खनाल दिनभर राजधानीका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ४, शुक्रबार २०:०७घरमै पुगेर राहदानी वितरण गर्दै तनहुँ प्रशासन
खेलकुद२०८३ बैशाख ४, शुक्रबार ११:५३यूएईसँग टी-२०आई खेल्ने नेपाली टोली घोषणा
समाचार२०८३ बैशाख ४, शुक्रबार ०७:०९वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
समाचार२०८३ बैशाख ४, शुक्रबार ०६:०३घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर








