मुकुन र लक्ष्मीको चलचित्र ‘बिच्छेद’ को पहिलो गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। मुकुन भुसाल र लक्ष्मी बर्देवा स्टारर नेपाली चलचित्र ‘बिच्छेद’को पहिलो गीत सार्वजनिक गरिएको छ । मङ्सिर ८ बाट प्रदर्शनमा आउने चलचित्रको ‘गाजले’ बोलको गीत सार्वजनिक गरिएको हो। ‘गाजले’ शीर्षकको गीतमा राम अविरल बिस्टको शब्द रचना, एसडी योगीको सङ्गीत तथा योगी र ऋतिका श्रेष्ठको स्वर रहेको छ । चलचित्रका प्रमुख कलाकारहरू मुकुन भुसाल र लक्ष्मी बर्देवा फिचर्ड गीतमा प्रेम भाव प्रकट गरिएको छ । यसका कोरियोग्राफर सुरेन बसेल हुन् ।
यसअघि मुकुन र लक्ष्मीले चलचित्र ‘बुलबुल’मा एकसाथ अभिनय गरेका थिए । अभिनयमा यी दुवै कलाकार उम्दा मानिन्छन् । नेपाल रिलिजसँगै अन्य विभिन्न मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी भइरहेको निर्देशक सत्यराज चौलागाईंले बताए । यो चलचित्रका निर्माताहरू राज कुमार पण्डित, दिमेश श्रेष्ठ सुवास राई र सावित्री बज्राचार्य हुन् । सह निर्माता प्रबिन राजथला हुन् ।
अभिनेता मुकुन भुसालले लेखेको कथामा निर्देशक चौलागाईँले पटकथा लेखेका छन् । गाउँले परिवेशमा आधारित रहेको यो चलचित्रको छायाङ्कन रामेछापको एक गाउँमा गरिएको छ । मुकुन र लक्ष्मीका अलावा यस चलचित्रमा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा सङ्कल्प भुजेलको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने समीर मियाको भिएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र रेनिश फागोको कलर ग्रेडिङ रहेको छ ।
चलचित्रका गीतमा एसडी योगी, सुरज थापा र आशिश महरको सङ्गीत, सत्यराज चौलागाईँ र राम अविरल विष्टको शब्द रचना रहेको छ भने एसडी योगी, सुनिता थेगिम, हृतिका श्रेष्ठ, सुरज थापा र आशिश महरको स्वर रहेको छ । सुरेन बसेल कोरियोग्राफर हुन् । चलचित्रलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८० मंसिर १५, शुक्रबारएनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध कारण देखाउ आदेश
समाचार२०८० मंसिर १५, शुक्रबारथोपा सिचाईको लागि सल्यानटारको सहकारीलाई पानी तान्ने मेसिन हस्तान्तरण
समाचार२०८० मंसिर १५, शुक्रबारप्रमुख प्रशासकीय अधिकृत हुदाहुदै अर्का अधिकृत ल्याएको भन्दै उपाध्यक्षको नेतृत्वमा गल्छी गाउँपालिकामा ताला
समाचार२०८० मंसिर १५, शुक्रबारनक्कली भुटानी शरणार्थी प्रकरण: को कति धरौटीमा छुटे ?