पाल्पाका ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

पाल्पा- पाल्पामा ट्रिपर दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहेको प्रहरीले जनाएको छ ।
आलेले ट्रिपरबाट हामफाल्दा सोही ट्रिपरको टायरले किच्दा घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान पूर्वी पाल्पाको निस्दी गाउँपालिका, ७ मोटेखर्कस्थित ज्यामिरेदेखि नवलपुरतर्फ जादै गरेको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी चालकसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा निस्दी गाउँपालिका ७ बस्ने २५ वर्षीया हिमाली आले, ट्रिपर चालक मकवानपुर जिल्लाको मनोहरी गाउँपालिका वडा नं. ९ बस्ने २६ वर्षीय अन्जन सुनार र सह चालक सोहीमकवानपुरको हेटौडा ९ बस्ने आषिश सुनार रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उपचारका लागि नवलपुरतर्फ पठाइएको पाल्पाका प्रहरी प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास