लाङ्टाङ पदमार्गमा पर्यटकको निधन

रसुवा, २४ कात्तिक : रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका एक पर्यटकको लडेर मृत्यु भएको छ । फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको बिहीबार लडेर निधन भएको हो ।
प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्याङ्जेन जाने प्रमुख पदमार्गअन्तर्गत लाङ्टाङ गाउँ आसपासको लुम्थाङमा लडेर मोल घाइते भएका थिए । मोल काठमाडौँको त्रिनेत्र ट्रेकिङ एजेन्सीमार्फत लाङ्टाङको क्याङ्जेन जाँदै थिए । उनको लाङ्टाङ क्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरी र नेपाली सेना विष्णुदल गणका सुरक्षाकर्मीले उद्धार गरेका थिए ।
मोललाई फिस्टेल हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । हावाईमार्गबाट उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रेकिङ एजेन्सीले पाको उमेरका पर्यटकलाई सावधानीपूर्वक यात्रा गराउन छुट्टै पथप्रर्दशक वा सहयोगी व्यक्ति व्यवस्था गर्न आवश्यक हुन्छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १५, आईतवार २०:३०इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन
समाचार२०८२ चैत्र १५, आईतवार १९:२०नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको बरिष्ठ उपाध्यक्ष हेमराज श्रेष्ठ निर्वाचित
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १५, आईतवार १८:४४अमेरिकामा रहेका चिकित्सक दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १५, आईतवार १६:४७वर्ल्ड नेवाः डेकाे अवसरमा पत्रकार द्वय स्थापित र विजयरत्न पुरस्कृत







