काठमाडौँ। इओन लिम्बु आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दुई कदम’ बाट डेव्यु गर्दैछन् । अहिले प्रचारप्रसारको दौडधुपमा रहेका दुवै जना सिनेमालाई लिएर निकै उत्साहित छन् । ताप्लेजुङका इओन हङकङमा जन्मिएर काठमाडौंमा हुर्किए । अभिनयमा बाल्यकालदेखि रुचि राख्दै आए । अहिले उनले सिनेमा पढिरहेका छन् । उनी अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत छन् ।
डेब्यु अभिनेता इओन सिनेमालाई लिएर यतिबेला डर, उत्साह, खुशी एकैपटक महसुस गरिरहेका छन् । बाल्यकालमा देखेको सपना पुरा गर्न पाउँदा उनी निकै उत्साहीत पनि छन् । तर, सिनेमाको पर्दामा देखेको जस्तो क्यामेरा अघि अभिनय गर्न सहज नरहेको बुझाई उनको छ ।
साथै उनले नृत्य लगायत सिनेमाको लागि आवश्यक पर्ने सवै तयारी गरेको बताउँछन् । सिनेमाको पहिलो दिन सेटमा पुगेर अभिनय गर्दाको क्षण अनौठो महशुस भएको उनले सुनाए ।
पहिलो दिन नै गीतको छायांकन भएकाले मेरा सिंगल सर्ट खिचिएको थियो । क्यामेरा अघि उभिदा डर र उत्साह दुवै थियो । तर निर्देशक उदय सुब्बाले आफुलाई निकै सहज रुपमा अभिनय गराउँनु भयो । जसले गर्दा त्यसपछिका दिनमा काम गर्न निकै सजिलो भएको अनुभव इओनको छ ।
निर्देशक सुब्बा निकै रमाइलो र सहज तरिकाले काम गराउने निर्देशक रुपमा पाए । उहाँ सहज नभई दिएको भए काम गर्न सहज हुँदैन् थियो होला । अनि दुई कदममा धेरै सिनियर कलाकारहरुले अभिनय गर्नु भएको छ । उहाँहरुसँग काम गर्दा के भन्नु होला भन्ने डर भन्दा नि कसरी राम्रो काम गर्ने भन्ने कुरा नै बढि माइन्डमा भएकाले पनि असहज नभएको बुझाई इओनको छ ।
सिनेमामा उनले चुलबुले केटाको भुमिका निवार्ह गरेका छन् । जो साथीहरुसँग घुँम्न, रमाउन र ट्राभल गर्न रुचाउँछ । आफु रियल लाइफमा पनि त्यस्तै भएकाले डेव्यु सिनेमा भएपनि चरित्र निर्माणको लागि धेरै तयारी गर्नु परेन् । आफूले गरेको मेहनत अब चाँडै पर्दामा आउँदैछ सोहीकारण अहिलेको समय आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण क्षण लागिरहेको छ उनलाई ।
इओन आफूले अभिनय गरेको पहिलो चलचित्र सोचेको भन्दा राम्रो बनेको बताउँछन् । सिनेमा क्षेत्रमै करिअर बनाउने सोचमा रहेका उनी पहिलो सिनेमामा भएका कमीकमजोरी सुधार्दै आगामी यात्रा अगाडि बढाउने तयारीमा छन् । धेरै मान्छे रहरले सिनेमा क्षेत्रमा आउने र १-२ वटा सिनेमा गरेर हराउने भएपनि आफू बाल्यकालमा देखेको सपना पुरा गर्न आएकाले पहिलो सिनेमा जे-जस्तो भएपनि यही क्षेत्रमा करियर बनाउने सोच उनको छ ।
सिनेमाका सार्वजनिक प्रचार सामाग्री पश्चात उनका साथीहरुले पनि उनलाई हौस्याउन थालेका छन् । तिमेले राम्रो काम गरेका छौं । आगामी दिनमा अझ राम्रौ गर्न सक्छौं भनेकाले पनि इओन सिनेमालाई लिएर निकै उत्साही छन् । उनी मंसिर २९ चाँडै आओस र आफुलाई ठुलो पर्दामा हेर्न पाइयोस् भन्ने प्रतिक्षामा छन् । साथै आफ्नो पहिलो सिनेमा साथीहरुलाई देखाउन र उनीहरुको प्रतिक्रिया लिन पनि आतुर छन् ।
उदय सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमामा इओनका अलवा सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ । अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा तारा देवी लिम्बुको लगानी रहेको छ । सिनेमामा सिनेमाको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् । सिनेमाको छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । एक गीतको छायांकन मुस्ताङमा गरिएको छ ।
दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन सिनेमामा रहेको छ । सिनेमालाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ मंसिर २, आईतवार ०६:२६लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न
- समाचार२०८१ मंसिर १, शनिबार १८:५९बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौँ साधरणसभा सम्पन्न
- समाचार२०८१ कार्तिक २३, शुक्रबार १६:४२जल्पादेवी महिला उद्धार समुहको अध्यक्षमा दुर्गा अधिकारी
- समाचार२०८१ कार्तिक ९, शुक्रबार १४:०६चापाकोट स्वास्थ्य चौकीको अत्याधुनिक भवन उद्घाटनसँगै दन्त सेवा सुरु