भूकम्प पीडितको घरदैलोमै उपचार सेवा

काठमाडौं, २८ कात्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ ।
प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावल, शिक्षाध्यक्ष डा. डबलबहादुर धामी, एनेस्थियोलोजिस्ट डा रविन खातुङ, डा तोसिमा कार्की भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाइतेलाई उपचार गरेर फर्केको हो ।
जाजरकोटको भेरीगङ्गा र नलगाड नगरपालिका तथा कुशे गाउँपालिका र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका हातखुट्टा भाँचिएका, हड्डी टुटेकालगायत सबैखाले समस्या भएका घाइते तथा बिरामीको उपचार गरिएको उपकुलपति डा.रावलले जानकारी दिए ।
प्रतिष्ठानको टोलीले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश सरकारका मन्त्री, जाजरकोट जिल्ला अस्पताल व्यवस्थापन समिति र सरोकारवालासँग ५० शय्याको अस्पताल गर्नुपर्नेदेखि विभिन्न नीतिगत योजनामा छलफल गरेको उनले बताए ।
त्यस्तै भविष्यमा आइपर्ने विपद् प्रतिकार्य रोकथामका लागि अस्पताललाई तयारी अवस्थामा राख्न र त्यसमा प्रतिष्ठानले विशेषज्ञ डाक्टरी उपचार सेवा प्रदान गर्ने विषयमा पनि अन्तक्र्रिया भएको उनको भनाइ छ ।
उपकुलपति डा रावलले भने, “सरकारले अत्याधुनिक उपकरणसहित शल्यक्रिया कक्ष, सघन उपचार एकाई (आइसीयू) लगायतका सुविधाको व्यवस्था गर्नुपर्दछ । विशेषज्ञ जनशक्ति प्रतिष्ठानले उपलब्ध गराउँछ ।”
उनले जिल्ला अस्पताल जाजरकोटको अस्पताल प्रमुख डा.प्रतीक्षा भारतीलाई तीन लाखबराबरको आवश्यक औषधि, चिकित्सा सामग्री सहयोग गरिएको बताए ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २०, शुक्रबार १७:२२योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली यही साउनदेखि लागु हुने
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २०, शुक्रबार १५:०६एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ असार २०, शुक्रबार १३:१८‘माग्ने राजा’ टिजरको प्रतिक्रियाले उत्साहित केदार घिमिरे
खेलकुद२०८२ असार २०, शुक्रबार ०९:३९बाह्र वर्ष लगाएर खेलमैदान निर्माण « रिपोर्टर्स नेपाल