सञ्चारिका समूह गण्डकीको नयाँ कार्यसमितिकाे पदस्थापन

पोखरा ।
सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको नयाँ कार्यसमितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । गत चैत ३० गते सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै केन्द्रीय सदस्य तारा चापागाईंले सञ्चारिका समूहलाई नेपालकै नमुना संस्था बनाउने गरी सक्षम र सक्रिय कार्यसमिति गठन भएको बताइन् ।
उनले नयाँ नेतृत्वले नयाँ सोच, जोश र जाँगरका साथ महिला सञ्चारकर्मीहरूको हक–हितका लागि प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरिन् । साथै, सञ्चार क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिका अझ सुदृढ बनाउन सञ्चारिकाले महत्वपूर्ण योगदान दिनुपर्नेमा उनले जोड दिइन् ।
त्यसैगरी निर्वाचन समितिका संयोजक हुम गुरुङले सञ्चारिका समूह रहरले नभई आवश्यकताले स्थापना भएको संस्था भएको उल्लेख गर्दै समान हैसियत, अवसर र अधिकारका लागि महिलाहरू संगठित हुनु आवश्यक रहेको बताए । उनले एकताबद्ध भएर अघि बढे मात्र उदाहरणीय र उपलब्धिमूलक कार्य गर्न सकिने धारणा राखे ।
निर्वाचन समितिका सदस्य अधिवक्ता भुवन पराजुलीले संस्थागत सुशासन र जिम्मेवार नेतृत्वको आवश्यकता औंल्याइन् ।
नयाँ कार्यसमितिमा अध्यक्षमा राधिका कँडेल, उपाध्यक्षमा कञ्चन थापा कोइराला र महासचिवमा उमा आले मगर निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा अनिता घिमिरे र कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) चयन भएका छन्। सदस्यहरूमा शोभा नेपाल, सपना अधिकारी, रोजी श्रेष्ठ, रिना थापा, देविका तामाङ र बिना थापा मगर रहेका छन् ।
महाधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो । नव–निर्वाचित नेतृत्वले महिला सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षा, समान अवसर र नेतृत्व विकासमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ । साथै, सञ्चार क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन गर्दै समावेशी र सशक्त समाज निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेकाे छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21434, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १४, सोमबार २१:५४सञ्चारिका समूह गण्डकीको नयाँ कार्यसमितिकाे पदस्थापन
समाचार२०८३ बैशाख १३, आईतवार २०:५१एकै थलोमा जनआन्दोलन, भूकम्प र जेनजी आन्दोलनको फोटो
समाचार२०८३ बैशाख १०, बिहीबार १७:२०विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकार महासंघ कास्कीको ज्ञापनपत्र
समाचार२०८३ बैशाख १०, बिहीबार १५:०७प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते







